काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको १० करोड कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको ८ करोड ४० लाख कित्ता संस्थापक र १ करोड ६० लाख कित्ता सर्वसाधरणतर्फको आइपीओ गरी कुल १० करोड कित्ता बुधबार सूचीकृत भएको हो ।
यससँगै अब सेयर बजार खुलनसाथ दोस्रो बजारमा यसको कारोबार गर्न पाइने छ । सामान्यतया सूचीकृत भएको दोस्रो दिनबाट कारोबार गर्न सकिने व्यवस्था भएपनि बजार बन्द रहेकाले बजार सुचारु हुनासाथ कारोबार गर्न मिल्ने भएको हो ।
नेप्सेले कम्पनीको सेयरको ओपन रेञ्ज समेत तोकेको छ । कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले १४१.४५ देखि ४२४.३५ रुपैयाँसम्मको मूल्यरेञ्ज तोकेको छ । सोहि मूल्यरेञ्जको आधारमा कम्पनीको पहिलो कारोबार खुला हुनेछ ।
कम्पनीले गत चैत ४ देखि ७ गतेसम्म १ अर्ब ६० करोड बराबरको आइपीओ सर्वसाधारणलाई विक्री गरेको थियो । आइपीओ विक्रीपछि कम्पनीको चुक्तापूँजी १० अर्ब पुगेको छ ।
