काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कहिँ कतै अनियमितता भएको भए सरकारले त्यस्तो काम नसहने बताएका छन् ।
संघीय संसद्को प्रतिनिधि सभाको बैठकमा बजेट बारे उठेका प्रश्नको जवाफ दिँदै उनले कुनैपनि काममा अनियमितता भएको प्रमाणित भए सरकारले कडा कारबाही गर्ने बताएका हुन् ।
सरकारले कोरोना रोकथाम तथा उपचारका लागि १० अर्ब खर्च गरेकोप्रति पनि अनियमितता भएको भन्ने प्रति अविश्वास नगर्न आग्रह गरे ।
उनले सरकार अहिले कोरोनाा रोकथाम तथा नियन्त्रणको काममा मात्र केन्द्रीत रहेकाले त्यस कार्यमा भएको खर्चको लेखा परीक्षण गर्नमा केही ढिलाइ भएकाले १० अर्ब खर्चको हिसाब सार्वजनिक गर्न ढिलाइ भएको बताए ।
‘म कहीँ कतै अनियमितता भएकै छैन भन्दिन,’ उनले भने ‘तर यस्तो आपतको बेलामा पनि भ्रष्टाचार हुन्छ भनेर विश्वास गर्न गाह्रो हुन्छ । यदि कसैले गरेको भए कडा कारबाही हुन्छ ।’
विगतमा भ्रष्टाचार भए पनि कारबाही नहुने भएर बाहिर नआएको तर अहिले सरकारले तुरुन्तै कारबाही गर्ने गरेकाले अनियमितताका विषय धेरै मात्रमा बाहिर आएको उनको भनाइ छ ।