‘कहिले ओम्नी, कहिले विशाल ग्रुपसँग सरकारलाई नजोडौं, तथ्य र प्रमाणका आधारमा मात्र प्रश्न उठाऔं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले तथ्य र प्रमाण बिनै विभिन्न व्यापारिक घरानासँग जोडेर सरकार माथि आरोप लगाउने गरेको बताएका छन् ।

 

संघीय संसद्को प्रतिनिधि सभाको बैठकमा बजेट बारे उठेका प्रश्नको जवाफ दिँदै उनले  यस्तो बताएका हुन् ।

 

उनले केही व्यक्तिको कामै सरकारलाई कुनै व्यापारीक घरानासँग जोडेर बदानामी गर्नु मात्रै रहेको बताएका छन् ।

 

‘कहिले ओम्नी भनेको छ, कहिले विशाल गु्रप भनेको छ । अनेक नाम जोडेर सरकारलाई बदनाम गर्ने काम भइरहेको छ,’ उनले भने, ‘प्रश्न खडा गर्दा कम्तीमा तथ्य र प्रमाणलाई त ख्याल गरौं । आरोप लगाउनमा मात्र जे पनि नबोलौं ।’

सरकार काममा व्यस्त हुँदा लेखा परीक्षणमा केही ढिलाइ भएको हो, हिसाबको चिन्ता नगरौं : प्रधानमन्त्री Read Previous

सरकार काममा व्यस्त हुँदा लेखा परीक्षणमा केही ढिलाइ भएको हो, हिसाबको चिन्ता नगरौं : प्रधानमन्त्री

त्रिदेशीय लिंकरोड जोगबनी-किमाथांका सडक जोडिन १४ किमी मात्र बाँकी Read Next

त्रिदेशीय लिंकरोड जोगबनी-किमाथांका सडक जोडिन १४ किमी मात्र बाँकी