सरकारले गरेका काम शतप्रतिशत राम्रा छन् भन्दिन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका सबै काम शतप्रतिशत राम्रा र सफल नभएको बताएका छन् ।

 

संघीय संसद्को प्रतिनिधि सभाको बैठकमा बजेट बारे उठेका प्रश्नको जवाफ दिँदै उनले सरकाले गरेका अधिकांश काम राम्रा भए पनि सबै काम शतप्रतिशत सफल हुन नसकेको बताएका हुन् ।

 

उनले सरकारले जनहितका लागि गरेको अधिकांश काम राम्रा भए पनि केही कार्यक्रम तथा योजनामा कार्यान्वयनमा कमजोरी रहेका स्वीकारेका छन् ।

 

उनले सरकारले सधैं राम्रो काम गर्ने प्रयास भने गरिरहेको बताएका छन् ।

सरकारको  ध्येय शक्ति प्राप्त गर्ने होइन : प्रधानमन्त्री Read Previous

सरकारको ध्येय शक्ति प्राप्त गर्ने होइन : प्रधानमन्त्री

सरकार काममा व्यस्त हुँदा लेखा परीक्षणमा केही ढिलाइ भएको हो, हिसाबको चिन्ता नगरौं : प्रधानमन्त्री Read Next

सरकार काममा व्यस्त हुँदा लेखा परीक्षणमा केही ढिलाइ भएको हो, हिसाबको चिन्ता नगरौं : प्रधानमन्त्री