नेपाल इन्भेष्टमेन्ट बैंकले इटलीमा जित्यो २ अर्बको मुद्दा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको अदालतमा २ अर्ब बढीको रुपैयाँको मुद्दा जितेको छ।

 

बैंकले तनहुँ जलविद्युत् आयोजनाको ठेक्का सम्बन्धी मुद्दा जितेको हो । बैंकले मेलम्ची खानेपानीको समेत ठेक्का तोडेर भागेको इटालियन निर्माण कम्पनीको अपरेटिभा मुराटोरी ए सेमेन्टिस्टी (सीएमसी) विरुद्धको पर्फमेन्ट ग्यारेन्टी भुक्तानीसम्बन्धी मुद्दा जितेको हो ।

 

सीएमसीले हालेको मुद्दामा इटालीको बोलोङनास्थित ट्राइब्युनल डे बोलोङ्नामा तीनजना न्यायाधीशको इजलासले बैंकको पक्षमा फैसला गरिदिएको हो ।

 

यो फैसलासँगै बैंकले काउन्टर ग्यारेन्टीबापत तनहुँ हाइड्रोपावरलाई भुक्तानी गरिदिएको २ अर्ब ४ करोड रुपैयाँ इन्भेष्टमेन्टले इटलीको इन्टेसा सानपाओलो बैंकबाट फिर्ता पाउने भएको छ ।यससँगै बैंकको नाफा बढ्न सहयोग पुग्ने छ ।

लकडाउन खुकुलो भएसँगै पेट्रोलको खपत बढ्यो Read Previous

लकडाउन खुकुलो भएसँगै पेट्रोलको खपत बढ्यो

'न्यु नर्मल'मा नयाँ रणनीतिहरु ल्याउनु पर्छ, लगानी याेग्य पूँजी प्रशस्त छ : सुनिलकुमार पोखरेलको विचार Read Next

'न्यु नर्मल'मा नयाँ रणनीतिहरु ल्याउनु पर्छ, लगानी याेग्य पूँजी प्रशस्त छ : सुनिलकुमार पोखरेलको विचार