युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीको औद्योगिक उत्पादनमा १८ प्रतिशतले घट्यो

जर्मनीको औद्योगिक उत्पादन गत अप्रिल महिनामा १७.९ प्रतिशतले घटेको छ । युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र रहेको जर्मनीमा कोरोनाभाइरसको महामारीका कारण लकडाउन गरिएपछि औद्योगिक उत्पादनमा व्यापक ह्रास आएको सरकारी तथ्यांकमा उल्लेख छ ।

 

गत मार्चमा पनि जर्मनीको औद्योगिक उत्पादनमा ८.९ प्रतिशतले ह्रास आएको थियो । सन् १९९१ जनवरीपछि यति ठूलो परिमाणमा औद्योगिक उत्पादनमा पहिलोपटक ह्रास आएको जर्मनीको सरकारी तथ्यांक विभाग डेस्टाटिसले जनाएको छ ।

 

सन् २०१९ को अप्रिलको तुलनामा भने औद्योगिक उत्पादनमा २५.३ प्रतिशतले कमी आएको छ । विश्लेषकहरुले पूर्वानुमान गरेभन्दा अप्रिल महिनामा औसतमा १६ प्रतिशतले औद्योगिक उत्पादनमा ह्रास आएको हो ।

 

सवारी साधनको उत्पादनमा ७४.६ प्रतिशत घटेको भए पनि निर्माण क्षेत्रमा भने निकै सुधार भएको छ । यस क्षेत्रमा केवल ४.१ प्रतिशतले ह्रास आएको छ ।

 

विश्वभर कोरोनाभाइरसको महामारीका कारण ठूलो आर्थिक क्षति पुगेको छ तर जर्मनीले आफ्ना समकक्षी मुलुकको तुलनामा निकै प्रगति गरेको छ । यस वर्षको पहिला तीन महिनामा कूल आर्थिक उत्पादनमा २.२ प्रतिशतले मात्र ह्रास आएको अधिकारीहरुले बताएका छन् । एजेन्सी

थप ३१४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७६२ पुग्यो Read Previous

थप ३१४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३७६२ पुग्यो

भाइबरले शुरु गर्‍यो ग्रुप भिडियो कल, एकैसाथ २० जनालाई कल गर्न मिल्ने Read Next

भाइबरले शुरु गर्‍यो ग्रुप भिडियो कल, एकैसाथ २० जनालाई कल गर्न मिल्ने