काठमाडौं । सरकारले स्थपना गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा रकम हालसम्म २ अर्ब ३१ करोड रुपैयाँ जम्मा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार शुक्रबारसम्म २ अर्ब ३१ करोड ८३ लाख ९७ हजार ९३ रुपैयाँ जम्मा भएको हो ।
सो कोषमा हालसम्म निजि क्षेत्र तथा विभिन्न व्यक्ति, संघसंस्थाहरुले सहायता रकम जम्मा गरिरहेका छन् ।
सरकारले कोषमा सहयोग गर्नलाई समाजको विभिन्न वर्ग समुदाय तथा क्षेत्रलाई समेत सहयोगको लागि आह्रान गरेको थियो ।
कोरोना नियन्त्रणका लागि हालसम्म संघीय सरकारले ६ अर्ब ३ करोड, प्रदेश सरकारहरूले १ अर्ब ८ करोड र स्थानीय तहले २ अर्ब ७६ करोड रुपैयाँ खर्च गरिसकेका छन् ।