कोरोना विरुद्ध लड्न खाद्य सुरक्षा निर्देशिका जारी, उद्योगदेखि रेष्टुरेन्टसम्म लागू हुने

काठमाडौं । कोरोना भाइरस विरुद्ध लड्नका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य सुरक्षा निर्देशिका जारी गरेको छ ।

 

राष्ट्रिय खाद्य सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना जोशी वैद्यले खाद्य उत्पादन र वितरणका क्रममा लागू हुने गरी खाद्य उद्योग र मजदूरहरुका लागि नियम निर्देशिका जारी गरेकी हुन् ।

 

कोरोना भाइरस खाद्य वस्तुहरुबाट सर्न नसक्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । त्यसो भएतापनि भाइरस प्लास्टिक, स्टिल, कागज जस्ता अन्य प्याक गरिने सामग्री तथा झोलाबाट सर्न सक्छ ।

 

यस्तै विभागले खाद्य उत्पादन, भण्डारण, प्याकेजिङ, ढुवानी तथा वितरणका क्रममा लागू हुने निर्देशिका तयार गरेको छ । नियम अनुसार होटल र रेष्टुरेन्टहरुमा पनि लागू हुने छ ।

 

निर्देशिकामा उल्लेख भए अनुसार उद्योग, होटल, रेष्टुरेन्टहरुले कीटाणुनाशक र तापक्रम नाप्ने मेशिनहरुको प्रबन्ध गर्नु पर्नेछ । खाद्य उद्योग र वितरक कम्पनीहरुले कोभिड १९ को बारेमा आफ्ना कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गर्नु पर्ने छ ।

 

उद्योगहरुले सबै कामदारहरुको लागि अनिवार्य, पन्जा, माक्स, सेनिटाइजर लगायतका वस्तुको व्यवस्था गर्नु पर्ने छ भने श्रमिक बीच दूरी सूनिश्चित गर्नु पर्नेछ ।

 

निर्देशिकामा खाद्य वस्तुहरुको प्रशोधन, उत्पादन तथा वितरणमा संलग्न कम्पनीहरुले कार्यक्षेत्र सफा राख्ने, सफा पानी प्रयोग गर्नुपर्ने उल्लेख छ । साथै भण्डारण र वितरणको क्रममा सुरक्षा उपायहरु अपनाउन पाँच प्रमुख नियमहरुको पालना गर्नुपर्ने छ ।

 

निर्देशिकामा उल्लेख भए अनुसार होटल र बारहरुले प्रयोग गर्ने सलाद, पेय पदार्थहरु वितरण गर्न पाइने छैन । कारखाना, होटल तथा रेष्टुरेन्टहरुले ड्युटीमा काम गर्नेहरु स्वस्थ छन् भनेर निश्चित गर्नु पर्नेछ ।

 

उद्योगहरुले आफ्ना कामदारको स्वास्थ्यक जाँचको व्यवस्था गर्नु पर्नेछ । नियम पादना नगरे कम्पनी विरुद्ध कानुनी कारवाही गरिने विभागले जनाएको छ ।

 

कोभिड १९ सँगै बाच्न अब एउटा नयाँ बानी बसाल्नु पर्ने बाध्यता रहेकोले, योसँग सुरक्षा सहित सामना गर्नुपर्ने महानिर्देशक वैद्यको भनाइ छ ।‘खाद्य सुरक्षा सुनिश्चित गर्नका लागि कार्यान्वयन गर्न निर्देशिका तयार गरेका छाँै, वैद्यले भनिन् कोभिड १९ विरुद्ध लड्न स्वस्थ खानाको बानी आवशयक छ ।’

 

उनले कोभिड १९ साग लड्न स्वस्थ खाना आवश्यक पर्नाले खाद्य सुरक्षा निर्देशिका मार्फत उत्पादन र वितरणलाई नियमन गर्न सकिने बताइन् ।सरकारले लक डाउन खुल्लाउने तयारी गरिरहेकाले अब खाद्य सुरक्षामा बढी सतर्कता अनाउनु पर्ने उनले बताइन् ।

 

विभागले २०६५/६६ देखि हरेक वर्ष खाद्य स्वच्छता दिवस मनाउँदै आएको छ । हरेक वर्ष जून ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवसको रुपमा मनाउने गरिएको छ । यो पटक पनि विभागले बाह्रांै खाद्य स्वच्छता दिवस बन्दाबन्दीकै अवस्थामा मनाएको छ ।

कोरोना कोषमा हालसम्म २ अर्ब ३१ करोड जम्मा Read Previous

कोरोना कोषमा हालसम्म २ अर्ब ३१ करोड जम्मा

यातायात कार्यालयका चार प्रमुखसहित १७ जनाविरुद्ध मुद्दा, ४२ करोड बिगो दाबी Read Next

यातायात कार्यालयका चार प्रमुखसहित १७ जनाविरुद्ध मुद्दा, ४२ करोड बिगो दाबी