संसारकै उत्कृष्ट ब्राण्डमा नेपाली कम्पनी पहिलो

काठमाडौं । विश्वका घरपालुवा जनावरहरुको खाना उत्पादन गर्ने कम्पनीको प्रतिष्पर्धामा नेपाली कम्पनी पहिलो भएको छ । वल्र्ड ब्राण्ड फोरम (विश्व ब्रान्डिङ मञ्च)को अष्ट्रियामा आयोजना गरेको प्रतियोगितामा नेपाली कम्पनी ‘हिमालयन डगच्यु‘ उत्कृष्ट भएको हो ।

 

वेलायतको लन्डनमा मुख्य कार्यालय रहेको यस कम्पनीले प्रत्येक वर्ष विश्वका घरपालुवा जनावरहरुको खानाको उद्योगहरुको गर्ने विभिन्न ब्राण्डहरुको प्रतिस्पर्धा आयोजना गर्दै आएको छ ।

 

विभिन्न ४० विधामा गरिएको प्रतिस्पर्धामा हिमालयन डगच्युको घरपालुवा जनावरहरुको खानाको न्याचुरल ट्रिट्स क्याटवोरीमा २०१९–२० को ‘एनिमल एडिसन’मा उत्कृष्ट हुन सफल भएको हो ।

 

अमेरिका, चिन, रसिया, वेलायत, जर्मन, भारतलगायतका एक सय पचास भन्दा वढी देशका सहभागिता रहेको थियो । ३० लाख भन्दा वढी उद्योगले ४० विधामा प्रतिष्पर्धा भएको थियो ।

 

हिमालयन डगच्युले सन २००३ मा नेपाली छुर्पीलाई अमेरिका लगी कुकुरको खाना उत्पादन गर्न अध्ययन गरेको थियो । सन् २००७ वाट व्यवसायीक रुपमा आफ्ना उत्पादन बजारमा ल्याएको थियो ।

 

सुमन श्रेष्ठ, निशेस श्रेष्ठ र सुजनकुमार श्रेष्ठले अमेरिकामा सुरु गरेको यस व्यवसाय हाल अमेरिका, जापान, क्यानडालगायतका देशमा कुकुरको खाना उत्पादन गरि निर्यात गर्दै आएको छ ।

ह्वासिङ सिमेन्टको जग्गा भाडा सम्झौता रद्द गर्न सुझाव Read Previous

ह्वासिङ सिमेन्टको जग्गा भाडा सम्झौता रद्द गर्न सुझाव

समग्र बीमा शुल्कमा १६%ले वृद्धि, प्रुडेन्सीयल र युनाईटेडको व्यापार घढ्यो Read Next

समग्र बीमा शुल्कमा १६%ले वृद्धि, प्रुडेन्सीयल र युनाईटेडको व्यापार घढ्यो