अब फेसबुकमा अपलोड गरिएको फोटो गुगल फोटोमा सङ्ग्रह गर्न मिल्ने

विश्वभरी अत्यधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ ।

 

गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले भने विश्वभरीकै लागि खुल्ला गरेको जनाएको छ । अमेरिका र क्यानडाका प्रयोगकर्ताहरूको टिप्पणी र सुझावका आधारमा सुधार गरेर फेसबुकले यो सेवा विश्वव्यापी गरेको हो ।

 

नयाँ सुविधा अनुसार फेसबुकमा राखिएको फोटो तथा भिडियो अबदेखि गुगल फोटोमा सारेर सङ्ग्रह गर्न सकिने भएको छ । फेसबुकबाट गुगलमा फोटो सार्नका लागि केही प्रक्रिया अपनाउनु पर्ने कम्पनीले जनाएको छ ।

 

गुगलमा फोटो सार्नका लागि फेसबुकको ‘योर फेसबुक इन्फर्मेसन’ मा जानु पर्नेछ । त्यसका लागि सेटिङ्गमा जानु पर्दछ । त्यसपछि ‘ट्रान्सफर ए कपी अफ योर फोटोज अर भिडियो’ मा जानुपर्ने हुन्छ ।

 

त्यहाँ क्लिक गरेपछि फेसबुकमा रहेको फोटो गुगल फोटोमा गएर संग्रह हुने फेसबुकका अधिकारीहरुको भनाइ छ ।

 

फोटो सार्ने सेवा शुरु गर्न पासवर्ड पनि माग्नेगरी मिलाइएको छ । आफ्नो फेसबुक र गुगल ‘अकाउन्ट’लाई लिंक गरिसकेपछि प्रयोगकर्ताले आफ्नो फेसबुकको फोटोहरू ‘गुगल फोटोज’मा सार्न सक्नेछन् ।

चालू आर्थिक वर्षमा १५० पुल निर्माण सम्पन्न, २५० वटाको धमाधम काम हुँदै Read Previous

चालू आर्थिक वर्षमा १५० पुल निर्माण सम्पन्न, २५० वटाको धमाधम काम हुँदै

नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा Read Next

नारायणगढ-मुग्लिन सडकमा पहिरो रोक्ने काम अन्तिम चरणमा