काठमाडौं । दायित्व बहन गर्न नसकिने भन्दै आजैदेखि बन्द गरिएको कोरोना बीमा पुनः सुचारु गर्न बीमा समितिले निर्देशन दिएको छ।
समितिले शुक्रबार एक सूचना जारी गर्दै रोकिएको कोरोना बीमा पुनः सुचारु गर्न निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो।
समितिले २०७७ साल चैत्र मसान्तसम्म कायम गरी पुनः बीमा पोलिसी बिक्री गर्न कम्पनीहरुलाई निर्देशन दिएको हो ।
बीमाको दायित्व अधिक भएकाले पुनर्बीमा समेत गर्नुपर्ने अवस्था आएको र कुनै पनि पुनर्बीमा कम्पनीले त्यस्तो बीमा नगर्ने बताएपछि बिहीबार बीमा समिति र नेपाल बीमक संघबीच भएको छलफल पछि हालको लागि कोरोना बीमा रोक्न समितिले निर्देशन दिएको थियो ।
सरकारले आगामी आथिक वर्षको बजेटमा नै कोरोना बीमा हुने उल्लेख गरेको थियो । सामूहिक कोरोना बिमा गर्दा प्रिमियममा ५० प्रतिशत छुट दिने बजेटमा उल्लेख छ ।