लकडाउन उल्लंघन गर्दै पसल खोल्ने व्यवसायीको घोषणा

काठमाडौं । व्यवसायीहरुले लकडाउन उल्लंघन गर्दै पसल खोल्ने घोषणा गरेको छन् ।

 

नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको बैठकले भोलि (बिहीबार) देखि बिहान ११ बजेसम्म पसल/व्यवसाय खुला गर्ने निर्णय गरेको हो ।

 

महासंघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी गराएको छ । लकडाउनको ७१ दिनसम्म व्यापार, व्यावसाय ठप्प हुँदा घरभाडा, बैंकको ब्याज/किस्ता, कर्मचारीको तलब भुक्तानी गर्न समस्या परेकाले रहरले नभई बाध्य भएर पसल खोल्न लागेको जारी विज्ञप्तिमा उल्लेख छ ।

 

उपत्यकाभित्रका सबैखाले मल, सपिङ सेन्टर, लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्र र उपत्यका बाहिरका मुख्य-मुख्य सहरका समेत बजार खुल्ने बताइएको छ ।

 

महासंघले न्यूनतम दूरी कायम गर्ने, मास्क, सेनिटाइजर लगायत विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तोकेको सुरक्षाका मापदण्ड अपनाइने जनाएको छ ।

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु, मृतकको संख्या ९ पुग्यो Read Previous

कोरोनाबाट नेपालमा थप एक जनाको मृत्यु, मृतकको संख्या ९ पुग्यो

इञ्जीनियर बन्न लाइसेन्स परीक्षा लिने व्यवस्था गर्न माग Read Next

इञ्जीनियर बन्न लाइसेन्स परीक्षा लिने व्यवस्था गर्न माग