विश्व बैंकद्वारा नेपालका लागि १२ अर्ब ऋण स्वीकृत

काठमाडौं । विद्युत् विकास र कोरोना भाइरससँग लड्न विश्व बैंकले नेपालका लागि १ सय मिलियन अमेरिकी डलर (करिब १२ अर्ब रुपैयाँ) ऋण सहयता स्वीकृत गरेको छ ।

 

बैंकको कार्यकारी निर्देशक बोर्डको बुधबारको बैठकले उक्त ऋण सहायता स्वीकृत भएको विश्व बैंकले उल्लेख गरेको छ । विश्व बैंकले डेभलपमेन्ट इन्भेष्टमेन्ट क्रेडिट योजना अन्तर्गत उक्त रकम बराबरको सहायता ऋण नेपाललाई दिन लागेको हो ।

 

यो ऋण सहायताबाट नेपालको विद्युत् सेवा भरपर्दो र सुरक्षित बनाउने तथा क्षेत्रीय व्यापारमा सहयोग पुग्नको साथै स्थानीय सरकारलाई भरपर्दो बिजुली वितरणका लागि सक्षम बनाउने पुग्ने विश्व बैंकको दाबी छ ।

 

संकटको बेलामा पनि नेपालको बिजुली प्रवाहको अवस्था सुधार हुँदै गएको र यसलाई थप भरपर्दो र दीगो बनाउनको लागि विश्व बैंकले ऋण लगानी गरेको विश्व बैंकका नेपाल देशीय निर्देशक फारिस हजाड जार्भोसले बताए।

 

नेपालको ८८ प्रतिशत जनसंख्याको पहुँचमा विद्युत् सेवा पुगिसकेको छ । प्राधिकरणको प्रभावकारी व्यवस्थापन र सरकारको साथले पछिल्लो समय प्राधिकरणको घाटासमेत परिपूर्ति हुने नेपालको विद्यूत क्षेत्रको ठूलो फड्को भएको विश्व बैंकले उल्लेख गरेको छ ।

पसल खोल्न पाउनु पर्ने माग राख्दै चाबहिलका व्यापारीद्वारा प्रदर्शन Read Previous

पसल खोल्न पाउनु पर्ने माग राख्दै चाबहिलका व्यापारीद्वारा प्रदर्शन

बजेटले कुल्चिएका व्यवसायीका सपनाहरू Read Next

बजेटले कुल्चिएका व्यवसायीका सपनाहरू