६ खर्ब क्षतिपूर्ति दाबी गर्दै गुगलविरूद्ध मुद्दा दायर

इन्टरनेट सम्बन्धी सेवा र वस्तु प्रदान गर्ने सूचनाप्रविधि कम्पनी गुगलविरूद्ध ५ विलियन अमेरिकी डलर (करिब ६ खर्ब रुपैयाँ) को क्षतिपूर्ति दाबी गर्दै मंगलबार मुद्दा दायर गरिएको छ।

 

वेलायती संचार माध्यम रोयटर्सले जनाए अनुसार कम्पनीले करोडौं प्रयोगकर्ताहरूको गोपनियता उल्घंन गरेको भन्दै उक्त मुद्दा दायर गरिएको हो।दायर गरिएको मुद्दामा गुगलले ‘प्राइभेट’ मोडमा गुगलको ब्राउजर सेवा चलाउनेहरूको तथ्यांक व्यापकरूपमा दुरूपयोग गरेको आरोप लगाइएको छ।

 

इन्टरनेट प्रयोगकर्ताहरूले गुगल ब्राउजरको व्यापक प्रचलित रहँदै आएको छ।गुगलसहित विभिन्न इन्टरनेट सेवा दिने विश्वका सूचनाप्रविधि कम्पनीले प्रयोगकर्ताहरूको इन्टरनेट प्रयोगसम्बन्धी तथ्यांक व्यापारिक प्रायोजनका लागि अनुमति बेगर बेच्ने गरेको आरोप लाग्दै आएको छ।

 

५ विलियन अमेरिकी डलर क्षतिपूर्ति दाबी गरिएको सो मुद्दामा कम्पनीले गुगल ब्राउजर प्रयोगकर्ताहरूले इन्टरनेटमा हेर्ने कुराहरू, उनीहरूले खोज्ने कुराहरू लगायतका जानकारी प्रयोग गर्ने गरेको जनाइएको छ।

 

गुगलले आफ्नो गुगल ब्राउजर प्रयोगकर्ताका लागि ‘इनकग्निगो’ विशेषता दिएको छ।यस विशेषताको प्रयोग गरेर इन्टरनेट चलाउँदा प्रयोगकर्ताको सबै किसिमको इन्टरनेट गतिविधिको तथ्यांक गोप्य रहने उसले बताउने गरेको छ।

 

र हाल हालिएको मुद्दामा उसले यस विशेषतामा इन्टरनेट चलाउनेहरूको तथ्यांकहरूको लगत राख्ने गरेको दाबी गरिएको छ।

 

क्यालिफोर्नियाको सान जोशेको संघीय अदालतमा दायर भएको मुद्दामा गुगलले गुगल एनालेटिक्स, गुगल एड म्यानेजर र अन्य सेवाहरू र वेबसाइट प्लग इनहरूबाट तथ्यांक संकलन गर्ने गरेको उल्लेख गरेको छ।

 

यी सुविधाहरूको प्रयोगबाट गुगलले प्रयोगकर्ताहरूका साथी, उसका सोख, मनपर्ने खाने कुरा, किनमेल व्यवहार र एकदमै निजी र सार्वजनिक खपतमा असहज बनाउन सक्ने केके कुराहरू खोजिए भन्ने कुराहरू थाहा पाउनसक्छ।

 

दायर गरिएको मुद्दामा गुगललाई यसरी बिनाअनुमति कम्प्यूटर र स्मार्ट फोनबाट तथ्यांक संकलन गर्न नसक्ने दाबी गरिएको छ। गुगलले भने यस किसिमको दाबीलाई खण्डन गरेको छ।

 

मुद्दामा प्रतिप्रयोगकर्ता ५ हजार अमेरिकी डलर क्षतिपूर्ति माग गरिएको छ।

-एजेन्सी

सरकारको उर्दीप्रति निजी क्षेत्र आक्रोशित, उद्योग नचलाइ कर तिर्न सक्दैनौं Read Previous

सरकारको उर्दीप्रति निजी क्षेत्र आक्रोशित, उद्योग नचलाइ कर तिर्न सक्दैनौं

बाहिरबाट ल्याएको तरकारी खाल्डोमा गाड्न थालेपछि कृषि मन्त्रालयद्वारा गृहलाई पत्र Read Next

बाहिरबाट ल्याएको तरकारी खाल्डोमा गाड्न थालेपछि कृषि मन्त्रालयद्वारा गृहलाई पत्र