जोन्टा क्लब काठमाडौंको छैठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । जोन्टा क्लब काठमाडौंले आइतबार (जेठ १८ गते) आफ्नो छैठौं वार्षिक साधारण सभा भर्चुअल रुपमा सम्पन्न गरेको छ ।

 

उक्त साधरणसभाले सीमा गोल्छाको नेतृत्वमा कार्यसमिति चयन गरेको छ । क्लबले औपचारिक रूपमा बाइएनियम २०२०-२०२२ का लागि सीमा कार्यसमिति चयन गरेको हो ।

 

क्लबको बोर्ड सदस्यमा जोन्टियन आभा शाह, जोन्टियन कमल केशरी तुलाधर, जोन्टियन मृदुला राजभण्डारी र जोन्टियन मुन प्रधान रहेका छन् ।

 

गत वर्षमा जोन्टाले गरेको कामहरुका भिडियो, प्रिजेन्टेसन र रिपार्टहरु पनि प्रस्तुत गरिएको थियो । जसमा शिक्षाप्रतिको काम, महिला हिंसा विरुद्ध, बालविवाह अन्त्यका लागि अभियानहरु र विभिन्न वकालत र सशक्तिकरण कार्यक्रमहरु समावेश गरिएको थियो ।

 

तत्कालीन भूपु अध्यक्ष जोन्टियन मीरा ज्योतिलाई सफल कार्यकाल पूरा भएकोमा आभार प्रकट गरिएको थियो । सोही समयमा क्लबमा पाँच जना नयाँ सदयस्यहरु पनि सम्मिलित भएका थिए ।

 

जोन्टा क्लब काठमाडौं एक गैर-सरकारी संस्था हो । जुन जोन्टा इन्टरनेशनलको लक्ष्य र उद्देश्यलाई अगाडि बढाउन नेपालमा कार्यरत छ । यसले सेवा र वकालतको माध्यमबाट महिलाहरुको कानूनी, राजनीतिक, आर्थिक, शैक्षिक, स्वास्थ्य र व्यावसायीक स्थिति सुधारका लागि काम गरिरहेको छ ।

महँगोमा वाइन बेच्ने क्षेत्रपाटीको केके मार्टलाई ३ लाख जरिवाना Read Previous

महँगोमा वाइन बेच्ने क्षेत्रपाटीको केके मार्टलाई ३ लाख जरिवाना

भूकम्पपीडितका ६ लाख ३४ हजार गुनासो फर्स्योट, चित्त नबुझे पुनरावेदनमा जान पाइने Read Next

भूकम्पपीडितका ६ लाख ३४ हजार गुनासो फर्स्योट, चित्त नबुझे पुनरावेदनमा जान पाइने