एडीबीसँग ३० अर्बको ऋण सम्झौता, कारोनासँग लड्न खर्च गरिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५० मिलियन अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ ।

 

उक्त सहुलियतपूर्ण उक्त ऋणका लागि सोमबार सम्झौता भएको छ। सम्झौतापत्रमा अर्थ सचिव शिशिरकुमार ढुंगाना र एडीबीका नेपाल निर्देशक मुख्तोर खामुदख्नोभले हस्ताक्षर गरे ।

 

गरिब र विपन्न वर्गका लागि सामाजिक संरक्षण कार्यक्रम विस्तार गर्न र तीव्र आर्थिक पुनरुत्थानमा जान समेत यो ऋण सहायता महत्वपूर्ण सावित हुन सक्ने एडीबीले बताएको छ। कोभिड १९ को महामारीले सार्वजनिक स्वास्थ्यमा समस्या सिर्जना गरेको छ । यसले नेपालको सामाजिक र आर्थिक विकासमा गहिरो असर गरेको छ ।

 

एडीबीले नेपाल सरकार र अन्य विकास साझेदारसँग मिलेर काम गर्ने समेत उल्लेख गरेको छ । यसअघि एडीबीले कोभिडसँग जुध्न १३ अप्रिलमा २० अर्ब डलरको सहायता घोषणा गरेको थियो ।

 

अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेटबारे उठेको प्रश्नको जवाफ दिँदै एकैपटक छोटो समयमा कुनै दातृ निकाले यति ठूलो ऋण दिएको पहिलोपटक भएको दाबी गरेका छन् ।

 

यो ऋण रकम सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोरोनाका कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा प्रयोग हुनेछ ।

 

गरिब तथा कमजोर आयस्रोत भएका परिवारलाई खाद्यान्न वितरण, कमजोर आय भएका बेरोजगार मानिसलाई रोजगारी प्रदान गर्न तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालनमा समेत सरकारले यो सहायता प्रयोग गर्न सक्ने भएको छ।

थप २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७९८ पुग्यो Read Previous

थप २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७९८ पुग्यो

२० प्रतिशत बढी नाफा कमाउने उद्योगले पुनर्कर्जा नपाउने, बैंकले प्रतिव्यक्ति १० करोड मात्र दिन पाउने Read Next

२० प्रतिशत बढी नाफा कमाउने उद्योगले पुनर्कर्जा नपाउने, बैंकले प्रतिव्यक्ति १० करोड मात्र दिन पाउने