काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको संख्या १ हजार ७९८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति धेरै जनामा कोरोना देखिएको हो ।
एकै दिन २ सय जनाभन्दा बढी संक्रमित भेटिएको यो पहिलो पटक हो ।मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार दैलेखामा ४१, कपिलवस्तुमा ४०, सर्लाहीमा ३८, रौतहटमा १८, जुम्लामा १९, झापामा २ र नवलपरासी पूर्वमा ३ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, कैलालीमा १४, सल्यानमा १०, सुर्खेतमा ५, बाँकेमा ७, दाङमा ९, धनुषामा ७, महोत्तरीमा २, सिराहमा ५ , उदपुर, बैतडी, डोटी र कञ्चनपुरमा १/१ जनामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार पुष्टि भएका संक्रमितमध्ये २१३ जना पुरुष र १३ जना महिला छन्।
नेपालमा हालसम्म २२१ जना कोरोना संक्रमित निको भइसकेका छन् भने ८ जनाको मृत्यु भएको छ ।