‘एनएमबी ५०’ म्युचुअल फण्डमा लगानीको अवसर

काठमाडौं । पछिल्लो समय सामूहिक लगानी कोष (म्युचुअल फण्ड) हरुको इकाई बिक्रीको बाढी आइरहेको छ । यसैक्रममा एनएमबी क्यापिटलले प्रबद्र्धन गरेको ‘एमएनबी ५०’ ले आगामी १३ गतेबाट इकाई निष्कासन गर्ने भएको छ ।

 

‘एमएनबी ५०’ ले १ अर्ब २० करोड रुपैयाँको बराबरको १० करोड २० लाख इकाई बिक्रीको लागि निष्काशन गर्न लागेको हो । एनएमबी क्यापिटलको यो बन्दमूखि इकाइ हो । प्रति इकाइ १० रुपैयाँ पर्छ । सर्वसाधारणले कम्तिमा १०० इकाइका लागि आवेदन दिन पाउने छन् । यस म्युचुअल फण्डको अवधि सात वर्षको हुने छ ।

 

कम्पनीका इकाइ साउन १६ गतेसम्म खरीद गर्न पाइन्छ । त्यतिन्जेल निष्काशन अनुसार माग नआए कम्पनीले भदौ १० गतेसम्म बिक्रीमा राख्ने छ।

 

एनएमबी क्यापिटलको यो तेस्रो म्युचुअल फण्ड हो । हाल एनएमबी हाइब्रिड फण्ड र एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड सञ्चालन गरिरहेको छ ।

निर्मान सम्पन्न भएको दुई महीनामै भासियो पुल Read Previous

निर्मान सम्पन्न भएको दुई महीनामै भासियो पुल

राफसाफ नगराउन सिडिएसलाई लगानीकर्ताको अपिल Read Next

राफसाफ नगराउन सिडिएसलाई लगानीकर्ताको अपिल