‘निगमले प्रतिलिटर ३३ रुपैयाँ नाफा लियो, मूल्य समायोजना नगर्दा व्यवसायी मारमा’

काठमाडौं । नेपाल आयल निमगमले हवाइ इन्धनको मूल्यमा प्रतिलिटर ३३ रुपैयाँ नाफा लिएको व्यवसायीहरुले आरोप लगाएका छन्।

 

विश्वव्यापी रुपमा इन्धनको मूल्य घटेको भएपनि निगमले सोहीअनुसार मूल्य समायोजन नगर्दा एयरलाइन्सलाई न्याय नभएको उनीहरुको भनाइ छ।

 

एयरलाइन्स सञ्चालकहरुले एक विज्ञप्ति जारी गर्दै सरकारले बजेटबाट घोषणा गरिएको सहुलियत सकारात्मक भएको भन्दै इन्धनमा अत्याधिक नाफा लिएकाले त्यसको समायोजन गर्न आग्रह गरेका छन्।

 

हवाइ इन्धनमा १० रुपैयाँभन्दा बढी नाफा नलिन उनीहरुले माग गरेका छन्।

मेलम्ची खानेपानीको पाइप बिच्छ्याउन अधिग्रहण गरिएको जग्गा अतिक्रमण Read Previous

मेलम्ची खानेपानीको पाइप बिच्छ्याउन अधिग्रहण गरिएको जग्गा अतिक्रमण

साढे २ महिनादेखि व्यावसायिक उडान हुन नसकेको त्रिभुवन विमानस्थल सञ्चालनयोग्य Read Next

साढे २ महिनादेखि व्यावसायिक उडान हुन नसकेको त्रिभुवन विमानस्थल सञ्चालनयोग्य