सिटिजन्स बैंकको नाफा २१ प्रतिशतले बढ्यो, कति पुग्यो प्रतिशेयर आम्दानी ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशन चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्ष भन्दा २०.६० प्रतिशतले नाफा बढाएको छ ।

 

 

बैंकले १ अर्ब ४८ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत वर्ष भन्दा २५ करोड २७ लाख रुपैँयाले बढी हो । बैकले गत वर्ष १ अर्ब २३ करोड ४१ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

 

 

बैंकले खुद नाफा, प्रतिसेयर आम्दानी, खुद ब्याज आम्दानी, लगायत महत्वपूर्ण सूचकहरुमा पनि सुधार गरेको छ । बैंकले चुक्ता पुँजी ४.२०५ प्रतिशतले वृद्धि गरी ८ अर्ब ३७ करोड १० लाख ६४ हजार पुर्याएको छ । बैंकको रिजर्भ कोषमा भने २.५१५ प्रतिशतले गिरावट आएको छ । तर सञ्चित मुनाफा भने ८५८.८५५ प्रतिशतले बढाण्न सफल भएको छ ।

 

यस्तै बैंकले निक्षेप संकलन वृद्धि गरी कर्जा विस्तारसँगैै निस्क्रिय कर्जा घटाउँदै, सीसीडी अनुपात सुधार गर्न सफल भएको छ । ७० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ६२ अर्ब ९० करोड रुपैयाँ ऋण प्रवाह गरेको बैंकले दुई अर्ब ८१ करोड ६४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकले ५० करोड २८ लाख रुपैयाँ फि, कमिसनबाट मात्रै आर्जन गरेको छ ।

 

बैंकको पूँजी कोष अनुपात १३ प्रतशित माथि छ भने खराब कर्जा अनुपात एक प्रतिशतभन्दा केही बढी छ । बैंकले प्रतिशेयर आम्दानीमा पनि २.४२ रुपैयाँले बढाएर १७.७९ रुपैयाँ पुर्याएको छ ।

 

यस्तो छ बैंकको प्रमुख वित्तीय सूचकहरुको अवस्था  :

मौद्रिक नीतिः तामझाम धेरै, काम कम गर्ने प्रवृति र उद्योगीको अपेक्षा Read Previous

मौद्रिक नीतिः तामझाम धेरै, काम कम गर्ने प्रवृति र उद्योगीको अपेक्षा

निर्मान सम्पन्न भएको दुई महीनामै भासियो पुल Read Next

निर्मान सम्पन्न भएको दुई महीनामै भासियो पुल