काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै मासिक १० युनिटसम्म बिद्युत निःशुल्क दिने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. यूवराज खतिवडाले १५० युनिटसम्म २५ प्रतिशत र २५० युनिटसम्म १५ प्रतिशत छुट दिने पनि घोषणा गरेका छन् ।
साथै, लकडाउन अवधिको डिमाण्ड शुल्कमा उद्योगीले पनि छुट पाउने छन्। त्यस्तै रातको समयमा विद्युत खपत गर्दा ५० प्रतिशत मात्रै शुल्क लिने ब्यवस्था समेत आगामी बजेटमा गरिएको छ ।