प्रधानमन्त्री कृषि आयोजनालाई ३ अर्ब २२ करोड बजेट

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमार्फत् परिचालन हुने गरि ४१ अर्ब २७ करोड रकम विनियोजन गरिएको छ ।

 

अर्थमन्त्री डा. युवराज खतिवडाले आज कृषि क्षेत्रको आधुनिकीकरण, विशिष्टीकरण र बजारीकरण लागि संघ, प्रदेश र स्थानीय तहसमेतको एकमुष्ट कृषि बजेट सार्वजनिक गरेका हुन् ।

 

चालु आर्थिक वर्ष २०७६/७७मा कृषि मन्त्रालय तर्फ ३४ अर्ब ८० करोड बजेट विनियोजन गरिएको थियो ।

 

आगामी वर्षका लागि सरकारले कृषि क्षेत्रको लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (पीएम प्रोजेक्ट) लाई ३ अर्ब २२ करोड रकम बजेट विनियोजन गरेको छ ।

 

उनले रासायनिक मललाईसमेत प्राथमिता दिँदै ११ अर्ब रकम रासायनिक मलको अनुदानका लागि विनियोजन गरेका हुन् ।

 

कुल विनियोजित बजेटको बाँकी रकम प्रदेश र स्थानीय तहका लागि कृषिमा ससर्त खर्च गर्ने गरी विनियोजना गरिएको हो ।

किसानले कृषि ऋणको ब्याजमा ५० प्रतिशत अनुदान पाउने Read Previous

किसानले कृषि ऋणको ब्याजमा ५० प्रतिशत अनुदान पाउने

बिजुलीमा दियो सरकारले छुट Read Next

बिजुलीमा दियो सरकारले छुट