लुम्बनी गुरुयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्न मन्त्री योगेश भट्टराईले लुम्बनी गुरुयोजना अन्तर्गतका योजनाहरु सुचारु गर्दै तोकिएकै समयमा सम्पन्न निर्देशन दिएका छन् ।

 

लुम्बनी विकास कोषका पदाधिकारीहरुसंग बुधबार ‘भर्चुअल मिटिङ’ गदै मन्त्री भट्टराईले लकडाउनको समय भएपनि सामाजिक दूरी लगायतका स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्दैै स्थानीय तहहरुसमेतको समन्वयमा निर्माण तथा अन्य काम सुचारु गरि रहन निर्देशन दिएका हुन् ।

 

मन्त्री भट्टराईले निर्माण सम्पन्नको चरणमा रहेको पाँच हजार अट्ने ध्यान केन्द्र सभाहल निर्माणको काम चाँडो सक्न समेत निर्देशन दिएका छन् । त्यस्तै, मन्त्री भट्टराईले कोषका पदाधिकारीहरुलाई अन्तराष्ट्रिय बुद्धिस्ट संगठनहरुसग पनि भर्चुअल बैठक गरी कोराना महामारी विरुद्ध आफ्ना तर्फवाट पनि ऐक्यबद्धता जनाउन सुझाएका थिए ।

 

भुर्चअल मिटिङमा कोषका उपाध्यक्ष भिक्षु अवधेश त्रिपाठी, सदस्य सचिव ज्ञानिन राई र योजना शाखा प्रमुख सरोज भट्टराई सहभागी थिए । लकडाउनको समयमा पनि राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको लुम्बिनी विकास कोषमा भइरहेका गतिविधीबारे कोषका पदाधिकारीहरुले मन्त्री भट्टराइलाई जानकारी गराएका थिए ।

 

लुम्बनी विकास कोषले कोविड-१९ को लागि स्थानीय नगरपालिकाको कोषमा १५ लाख नगद जम्मा गरेको समेत कोषका सदस्य सचिव ज्ञानिन राईले बताए । उनले लुम्बनी क्षेत्र आसपासमा रहेका २२ बटा क्वारेन्टाईमा समेत विभिन्न खाद्य सामाग्री, माक्स सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री समेत प्रदान गरेको उनले बताए ।

 

सदस्य सचिव राईले लुम्बनी क्षेत्रमा ध्यान केन्द्रको काम अन्तिम चरण पुगेको बताउँदै कर्मचारी आवास गृह, पोखरीको वरिपरी विश्राम स्थल निर्माण गर्ने काम समेत लकडाउनको समयमा पनि नरोकिएको बताए । सानो तिनो गरेर दर्जनौ निर्माणको काम समेत भई रहेको उनले बताए ।

डेढ महिनामा सम्पन्न हुँदै रानीपोखरी पुनर्निर्माण, धरहराका लागि २ अर्ब बजेट आवश्यक Read Previous

डेढ महिनामा सम्पन्न हुँदै रानीपोखरी पुनर्निर्माण, धरहराका लागि २ अर्ब बजेट आवश्यक

युरोपेली युनियनद्वारा १३२० खर्बको राहत योजना संसदमा प्रस्तुत Read Next

युरोपेली युनियनद्वारा १३२० खर्बको राहत योजना संसदमा प्रस्तुत