कर्मचारी सञ्चय कोषले शुरु गर्‍यो अनलाइन भुक्तानी सेवा

काठमाडौं । कर्मचारी सञ्चय कोषले आजदेखि सेवाग्राहीलाई विद्युतीय प्रणालीमार्फत विशेष सापटी सेवा उपलब्ध गराउन शुरु गरेको छ ।

 

कोरोना सङ्क्रमणको जोखिम फैलन नदिन सरकारले जारी राखेको ‘लकडाउन’का कारण सार्वजनिक यातायात र हिँडडुलमा भएको असहज अवस्थालाई मध्यनजर गर्दै कोषले घर तथा कार्यालयमै बसेर सरल र प्रभावकारी सेवा दिने लक्ष्यका साथ उक्त योजना कार्यान्वयनमा ल्याएको हो ।

 

कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठका अनुसार दार्चुला र ललितपुरस्थिति बैंकमा रहेको सञ्चयकर्ताको खातामा रकम जम्मा गरी विशेष सापटी बापतको रकम अनलाइनमार्फत प्रदान गरेको हो ।

 

कोषले शुरु गरेको अनलाइन विशेष सापटी सेवालाई निरन्तरता दिने र यो सेवा लिनका लागि विशेष सापटी लिन योग्यता पुगेका व्यक्तिगत विवरण अद्यावधिकजस्ता विषय अनिवार्य रहेको जनाइएको छ ।

 

लकडाउनको समयमा सेवाग्राहीलाई सहजरुपमा सापटी दिन सकियोस् भन्ने ध्येयका साथ कोषले उक्त योजना सञ्चालनमा ल्याएको हो ।

देशभरमा सडक सञ्जालको लम्बाइ साढे ३४ हजार किमी पुग्यो, ५६ किमी रेलमार्ग Read Previous

देशभरमा सडक सञ्जालको लम्बाइ साढे ३४ हजार किमी पुग्यो, ५६ किमी रेलमार्ग

एडीबीद्वारा नेपाललाई ३० अर्ब  ऋण स्वीकृत Read Next

एडीबीद्वारा नेपाललाई ३० अर्ब ऋण स्वीकृत