एडीबीद्वारा नेपाललाई ३० अर्ब ऋण स्वीकृत

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५० मिलियन अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ ।

 

बैंकले मंगलबार उक्त ऋण सहायता स्वीकृत गरेको हो । यस सहायताबाट नेपाललाई कोरोना विरुद्ध लड्न सहयोग पुग्ने एडीबीले बताएको छ ।

 

यस सहुलियतपूर्ण ऋणबाट कोरोनाको महामारीसँग जुध्ने उपायलाई निरन्तरता दिन, गरिब र कमजोर वर्गका लागि सामाजिक संरक्षणका कार्यक्रम विस्तार गर्दै तीव्र आर्थिक सुधारको चरणलाई तय गर्न सहयोग पुग्ने कोरोनाको भनाइ छ ।

 

यो रकमबाट सातै प्रदेशमा महिला र पुरुषका लागि छुट्टै वार्ड सहितका कम्तीमा २ लाख मानिसका लागि क्वारेन्टाइन सुविधा प्रदान गर्न खर्च गनिरे छ ।

 

यसैगरी, प्रतिदिन कम्तिमा ३ हजार कोरोना परीक्षणका लागि यसले सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । कोरोना विपदबाट अतिप्रभावित लघु साना र मझौला उद्योगमा पनि अनुदानपूर्ण ऋण दिइनेछ ।

कर्मचारी सञ्चय कोषले शुरु गर्‍यो अनलाइन भुक्तानी सेवा Read Previous

कर्मचारी सञ्चय कोषले शुरु गर्‍यो अनलाइन भुक्तानी सेवा

९० प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी, मेलम्चीको भौतिक प्रगति ९४ प्रतिशत Read Next

९० प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी, मेलम्चीको भौतिक प्रगति ९४ प्रतिशत