सफल महिला उद्यमीको उदाहरण बन्दै चन्द्रा चोखाल

काठमाडौं । बागलुङको गलकोटमा जन्मिएकी चन्द्रा चोखालमा सानै उमेरदेखि व्यापारिक प्रवृत्ति फुल्न थालिसकेको थियो । स्कुले जीवनमा नै घरमा सघाउनु बजारमा दूध विक्री गर्नु नै उनीमा व्यापार प्रतिको चाख सृजना गर्ने माध्यम बन्यो ।

 

गलकोट नगरपालिका भित्र हटिया बजारमा उनको ब्यूटिपार्लर सम्बन्धी व्यवसाय सञ्चालित छ । चन्द्रा भन्छिन् लगानी मात्र अहिले १० लाख पुगिसकेको छ । झट्ट हेर्दा अहिले उनको त्यो विगतको संघर्ष देख्न सकिन्न, उनको संघर्षको एक एक इँटा थप्न विगतमा प्राप्त विफलता र सफलता तथा महिलाले व्यापारमा आउन थप पारिवारिक असहयोगको लामो फेहरिष्त छ उनीसँग । तर उनी त्यसलाई पनि सफलता कै एउटा पाटोको रुपमा लिन्छिन् ।

 

व्यवसाय सुरु गर्दाको अवस्था सम्झदै चन्द्रा भन्छिन् ,माइति बसेको छोरीले आफूसँग लगानी नभएको अवस्थामा पनि मनमा तयार भएको अठोटले केही गरी छाड्ने विश्वासलाई पूँजीको अभावले रोक्न सकेन । पारिवारिक असहयोग तथा बाबा आमाबाट छोरी मान्छेले व्यापार गरी बस्नुलाई राम्रो नमान्ने भएकोले अन्य व्यक्ति बाट सहयोग प्राप्त गर्न सक्नु ठूलो चुनौती भयो ।

 

चन्द्रा भन्छिन्, ‘गरे के हुँदैन दृढ इच्छा शक्ति र धैर्यता राखी अगाडि बढ्नुपर्छ । महिला हुँदैमा अपमानित हुनुपर्ने समाजमा व्यापारबाट महिलाले समाजमा आफूलाई स्थापित गराउन सक्छन् ।’

 

एउटा छोरीसँगै माइतमा बसेकी चन्द्रा आफनो खस्कँदो आर्थिक अवस्थालाई देखेर सधैं चिन्तित भइरहेकी थिइन् । अवस्थालाई बदल्न आफूले प्रयास नगरेसम्म आफै केही हुनेवाला थिएन यो उनले बुझेकी थिइन् ।

 

आफूसँग कुनै किसिमको सीप नभएको, पूँजी नभएको र पारिवारिक साथ सहयोग प्राप्त नहुँदा चन्द्रालाई हतास तुल्याउथ्यो , तर उनी भित्रको दृढ इच्छाशक्तिलाई डगमगाउन सकेन । घरमा बस्दा देखिनै केही न केही गर्नुपर्छ भन्ने चन्द्रा बाख्रा पालन गर्दै बसेकी थिइन् ।

 

आफूसँगै छोरीको दायित्व बहन गर्न दिन प्रतिदिन असहज हुँदै गइरहेकाले उनी व्यवसाय परिवर्तन गर्ने निर्णय गरी भएको बाख्रा विक्री गरी त्यसैको पैसाले नजिकैको बजारमा गएर ब्यूटिपार्लर सम्बन्धित ३ महिना तालिम लिइन् । र ३ महिना त्यही पार्लरमै काम गरिन् । ६ महिना पछि अब आफूले व्यवसाय सुरु गर्ने समय आएको महशुस गरिन् ।

 

उनले बजार नजिकै पसल खरिद गर्ने विचार गरिन् । त्यसका लागि १० लाख लगानी आवश्यक पर्ने भयो । त्यो रकम उनका लागि धेरै ठूलो रकम थियो । तर उनीमा व्यवसाय प्रतिको दृढ इच्छाशक्तिले गर्दा विस्तारै सबैले उनको संघर्षशील व्यक्तित्वलाई स्वीकार गर्न थाले र ऋण बापतको रकम जुटाउन थालिन् । र, २०७३ सालमा उनको दृढ इच्छाले आफनो आकार लियो र व्यवसाय स्थापना गर्न सफल भइन् ।

 

चन्द्राको लगनशीलता र मिहिनेतले आफूले लिएको ऋण तिरेर पनि विभिन्न सहकारीमा सदस्यता भई बचत गर्दै आएकी छिन् । हाल मासिक १ लाखसम्मको व्यापार गर्न सक्षम भएकी छिन् । अहिले उनले ब्यूटिपार्लर सम्बन्धी कार्यसँगै कस्मेटिक सामाग्री तथा खेलौनाको व्यापारमा वृद्धि गर्देै गएकी छिन् । साथै सिक्न चाहनेलाई पनि उनले आफनै व्यवसाय स्थलमा तालिम दिँदै आएकी छिन् ।

 

चन्द्रा अहिले व्यापारमा सफलता मात्र प्राप्त गरेकी छैनन् यस व्यवसायबाट समाजमा प्रतिष्ठा र सम्मान समेत छिन् । साथै उनी आँट गरेर काम गरे महिला पनि सफल हुन सक्छन् भन्ने उदाहरणसमेत बनेकी छिन् ।

 

चन्द्रा भन्छिन्, ‘गरे के हुँदैन दृढ इच्छा शक्ति र धैर्यता राखी अगाडि बढ्नुपर्छ । महिला हुँदैमा अपमानित हुनुपर्ने समाजमा व्यापारबाट महिलाले समाजमा आफूलाई स्थापित गराउन सक्छन् ।’

अष्ट्रेलियामा कोरोनाको खोप परीक्षण, यस वर्ष १० करोड डोज उत्पादन गर्ने Read Previous

अष्ट्रेलियामा कोरोनाको खोप परीक्षण, यस वर्ष १० करोड डोज उत्पादन गर्ने

कृषि कर्जा २२.२ प्रतिशतले वृद्धि Read Next

कृषि कर्जा २२.२ प्रतिशतले वृद्धि