माछापुच्छ्रे बैंकको अनलाइन बैंकिङ सेवा अपग्रेड

काठमाडौं । माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङको क्षेत्रमा फड्को मार्दै ‘एमबीएल अनलाइन बैंकिङ’ सेवालाई अपग्रेड गरेको छ ।

 

बैंकले ‘नो लाइन बैंकिङ’ भन्ने नाराका साथ कोभिड १९ महामारीको समयमा अब बैंकिङ सुविधा उपयोग गर्न लाइनमा बस्न नपरोस् भन्ने उद्देश्यका साथ अनलाइन बैंकिङ सेवालाई अपग्रेड गरेको हो ।

 

यससँगै अब बैंकका ग्राहकले घर वा कार्यालयमै बसी अधिकतम बैंकिङ सेवा थप सरल र सुरक्षित तवरले उपयोग गर्न सक्नेछन् ।

 

व्यवसायिक ग्राहकहरुलाई लक्षित गर्दै थप अत्याधुनिक सुविधाहरुको साथमा ल्याईएको सेवा अन्तर्गतको कर्पोरेट बैंकिङले व्यवसायिक तथा कर्पोरेट हाउसहरुलाई बैंक सम्म नपुगि सुरक्षित साथ  बैंकमा रहेको आफ्नो खाताबाट विभिन्न कारोबार गर्न सक्नेछन् ।

 

विशेषत यस सेवामार्फत अन्तर बैंक रकमान्तर , कनेक्ट आइपीएस, स्टेटमेन्ट हेर्ने लगायतका सेवा उपलब्ध रहेको छ । त्यस्तै यस सेवा मार्फत व्यवसायिक तथा कर्पोरेट हाउसहरुले आफै तलब व्यवस्थापन गर्न सक्ने छन् ।

 

बैंकको अनलाइन बैंकिङ मार्फत व्यक्तिगत ग्राहकले पनि विभिन्न बैंकिङ कारोबार जस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरूमा रहेका खातामा रकमान्तर गर्न, क्रेडिट कार्डको बिल पेमेन्ट गर्न, इसेवा, खल्ती लगायतका वालेटहरुमा पैसा लोड गर्न, मोवाइल टपअप गर्न, बत्ति पानीको पैसा तिर्न लगायतका सेवा उपयोग गर्न सकिन्छ ।

 

त्यसैगरी बारम्बार तिर्नु पर्ने रकमलाई सेड्यूल गरी तिर्न सकिने छ । यस सेवा लिएका ग्राहकहरुले मुद्दती खाता समेत यसै सेवामार्फत खोल्न सक्नेछन् ।

कस्तो छ ११ देशमा सञ्जाल भएकाे चौधरी ग्रुपको होटल व्यवसायको अवस्था Read Previous

कस्तो छ ११ देशमा सञ्जाल भएकाे चौधरी ग्रुपको होटल व्यवसायको अवस्था

अर्थतन्त्र चलायमान बनाउन आर्थिक प्याकेज ल्याउँछौं, कार्यविधि बन्दै छ  : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ) Read Next

अर्थतन्त्र चलायमान बनाउन आर्थिक प्याकेज ल्याउँछौं, कार्यविधि बन्दै छ : प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठ)