व्यापार घाटा ९ खर्ब ४३ अर्ब पुग्यो, निर्यात साढे ४ प्रतिशत बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको १० महिना अवधिमा नेपालको व्यापार घाटा ९ अर्ब ४३ अर्ब पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा १४.२४ प्रतिशतले कमी हो । गत आवको चैतसम्ममा नेपालको व्यापार घाटा १० खर्ब ९९ अर्ब थियो ।

 

भन्सार विभागको तथ्यांकअनुसार वैशाख मसान्तसम्ममा नेपालले १० खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ । गत आवको सोही अवधिमा ११ खर्ब ७८ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको थियो ।

 

यस्तै चालू आर्थिकको १० महिनामा निर्यात ४.५० प्रतिशतले बढेको छ । चालू आवमा कुल ८२ अर्ब ६ करोड रुपैयाँ बराबरका सामग्री निर्यात भएको छ । गत आवको सोही अवधिमा कुल ७८ अर्ब ५३ करोड रुपैयाँ बराबरको सामग्री निर्यात भएको थियो ।

लकडाउनका कारण दुग्ध उद्योगमा ३ अर्ब नोक्सानी, ५ वर्षका लागि सहुलियत ऋण दिन माग Read Previous

लकडाउनका कारण दुग्ध उद्योगमा ३ अर्ब नोक्सानी, ५ वर्षका लागि सहुलियत ऋण दिन माग

कस्तो छ ११ देशमा सञ्जाल भएकाे चौधरी ग्रुपको होटल व्यवसायको अवस्था Read Next

कस्तो छ ११ देशमा सञ्जाल भएकाे चौधरी ग्रुपको होटल व्यवसायको अवस्था