कोरोनाका बीच चीनले सुँगुरको मासु आयातमा रेकर्ड राख्यो, किन किनिरहेछ यति धेरै मासु

चीनका व्यापारीले अप्रिल महिनामा रेकर्ड राख्ने गरी सुँगुरको मासु (पोर्क) आयत गरेका छन् ।

 

चीनको भन्सार विभागको तथ्यांक अनुसार अप्रिलमा ४ लाख टन पोर्क आयात भएको छ । यो गत वर्षको यही महिनाको तुलनामा लगभग १७० प्रतिशत बढी हो ।

 

चीनले यो वर्षको पहिलो ४ महिनामा करिब १४ लाख टन पोर्क आयात गरेको छ जुन पछिल्लो वर्षको यही समयको तुलनामा १७०.४ प्रतिशत बढी हो ।

 

चीनले अप्रिलमा १ लाख ६० हजार टन गाईको मासु पनि आयात गरेको छ जुन पछिल्लो वर्षभन्दा २८ प्रतिशत बढी हो ।

 

चिनियाँ भन्सार विभागका अनुसार वर्षको पहिलो ४ महिनामा चीनमा मासुको आयात ५४ प्रतिशत बढेर ६ लाख ८० हजार टन पुगेको छ ।

चीन संसारको शीर्ष पोर्क उपभोक्ता देशमध्ये एक हो र अन्तर्राष्ट्रिय बजारमा चलिरहेको कम मूल्यको फाइदा उठाउनका लागि चिनियाँ व्यापारीले मासु भण्डार गरिरहेको बताइन्छ ।

 

घातक अफ्रिकी स्वाइन फ्लूले चीनको सुँगुर बजारलाई करिब ४० प्रतिशतसम्म कम गरेको छ जसका कारण सुँगुरको मासुको घरेलु उत्पादनमा कमी आएको छ र चीनमा सर्वाधिक रुचाइने पोर्कको मूल्यमा रेकर्ड स्तरको वृद्धि भएको छ ।

 

चीनले हाल अमेरिकासहित विदेशी बजारमा उपलब्ध सुँगुरको मासु खरिद गरिरहेको छ । अमेरिका संसारको सबैभन्दा कम मूल्यमा सुँगुरको मासु बेच्ने देश मध्येको एक हो र घरेलु बजारको मूल्यमा कोरोनाभाइरस महामारीको पनि असर परेको छ ।

 

चीनमा पनि पोर्कको मूल्यमा फेब्रुअरी महिनाको सुरुवातपछि नै लगातार गिरावट आएको छ, तर अहिले पनि यो लगभग एक वर्षको तुलनामा दोब्बर मूल्यमा कारोबार भइरहेको छ ।

 

अमेरिकी बजारमा मूल्य बढ्दा अबको महिनामा चीनको निर्यातमा असर पर्ने अनुमान गरिएको छ जबकी चिनियाँ पोर्कको मूल्य अहिले पनि कमजोर घरेलु मागका कारण खस्कँदो अवस्थामा छ ।

एजेन्सी

चक्लाबन्दी खेतीतर्फ कृषक आकर्षित, ८०० रोपनी जग्गालाई चक्लाबन्दी गरियो Read Previous

चक्लाबन्दी खेतीतर्फ कृषक आकर्षित, ८०० रोपनी जग्गालाई चक्लाबन्दी गरियो

२६ लाख बेरोजगारका लागि रोजगार सृजना गर्दै सरकार, यस्तो छ योजना Read Next

२६ लाख बेरोजगारका लागि रोजगार सृजना गर्दै सरकार, यस्तो छ योजना