२६ लाख बेरोजगारका लागि रोजगार सृजना गर्दै सरकार, यस्तो छ योजना

काठमाडौं । सरकारले कोरोनाका कारण आन्तरिक रोजगारी गुमाएका, वैदेशिक रोजगारीबाट फर्कने र श्रम बजारमा आउने सबैलाई समेट्ने गरी रोजगारीका कार्यक्रम ल्याउने भएको छ । सरकारले झण्डै २६ लाख नयाँ रोजगारी सृजना गर्ने गरी योजना बनाउँदै छ ।

 

श्रम तथा रोजगार मन्त्रालयले बेरोजगारलाई व्यावसायिक कृषि, उत्पादनमूलक, निर्माण, सेवा तथा पूर्वाधार क्षेत्र, साना तथा मझौला उद्योगमा स्थानीय स्तरमै व्यापकरुपमा रोजगारी सृजना गर्ने कार्यक्रम बनाएको छ ।

 

विदेशबाट फर्किएका तथा रोजगार गुमाएकाको सीप र क्षमताको उपयोग गर्न बेरोजगारको व्यक्तिगत विवरण समेत संकलन गरिने मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए । उनका अनुसार बेरोजगारहरुको व्यक्तिगत जानकारी समेट्ने गरी श्रम सूचना बैंक स्थापना गरी रोजगार उपलब्ध गराइने छ ।

 

श्रम तथा रोजगार मन्त्रालयले बेरोजगारलाई व्यावसायिक कृषि, उत्पादनमूलक, निर्माण, सेवा तथा पूर्वाधार क्षेत्र, साना तथा मझौला उद्योगमा स्थानीय स्तरमै व्यापकरुपमा रोजगारी सृजना गर्ने कार्यक्रम बनाएको छ ।

 

उनले घुम्ती तालिम सञ्चालन गर्ने सरकारको तयारी रहेको बताए । वैदेशिक रोजगारीबाट फर्केकालाई सीप पहिचान गरी उद्यमी बनाउन आर्थिक सहयोग समेत गरिने योजना रहेको उनले बताए ।

 

‘सबै बेरोजगारहरुको व्यक्तिगत सीप पहिचान गरेर, त्यसै अनुसारको रोजगार तथा उद्यमीका लागि सहयोग गर्ने छौँ, विशेष कृषि तथा निर्माण क्षेत्रमा रोजगार सृजना गर्ने छौँ,’ घिमिरेले चाणक्य पोष्टसँग भने ।

 

सरकारले शिक्षित बेरोजगारलाई अध्ययन गरेको शिक्षासम्बन्धी उद्यम र व्यवसायमा लगाउने योजना अघि सारेको छ । विषयगत जनशक्ति उत्पादन गर्दै रोजगारी र उत्पादन बढाउने उनले बताए ।

 

नेपाली श्रम बजारमा हाल १० लाख बेरोजगार रहेको श्रम विशेषज्ञ तथा विज्ञ डा.पूर्णचन्द्र भट्टराईले जानकारी दिए । ५ लाख जनशक्ति भारतबाट फर्किएका छन् ६ लाखका हाराहारीमा विदेशबाट फर्किने मानिसहरु रहेका छन् ।

 

उनले अब बन्ने बजेट तथा हरेक कार्यक्रमहरु रोजगार केन्द्रित बन्नु पर्ने बताए । आगामी दिनमा विशेष गरी सेवा, उद्योग, कृषि तथा औधोगिक कृषिमा धेरै रोजगार सृजना गर्न सकिने उनले बताए ।

 

भट्टका अनुसार सेवामूलक अन्तर्गत पर्यटन तथा हवाई क्षेत्रमा रोजगार सृजना गर्न सकिने छ । उद्योगतर्फ कृषि उत्पादित उद्योग र ठूलो औद्योगिक क्षेत्रमा रोजगार सृजना गर्न सकिने छ ।

 

धेरै जनशक्ति विदेशिएका कारण बाँझो रहेका खेतबारीलाई समेत स्वरोजगारीका रुपमा सृजना गर्न सकिने उनले बताए । कृषिमा धेरै रोजगार सृजना गर्न नसकिए पनि कृषि औद्योगीकरण गरेमा रोजगार सृजनाको संख्या बढाउन सकिने भट्टराईले बताए ।

 

सरकारले दक्षता तथा सीप हेरेर त्यसै अनुसार रोजगार दिने भने पनि त्यस अनुसार रोजगार सृजना गर्न सकिने अवस्था नरहेको उनले बताए । नेपालमा र विदेशमा काम गर्ने तरिका र औजारहरुको प्रयोग फरक हुँदा त्यो सम्भव नहुने उनले बताए ।

 

‘अब सरकारले हरेक बजेटमा तथा नीति कार्यक्रलाई रोजगार केन्द्रित गरेर बनाउनु पर्छ त्यसपछि मात्र बेरोजगारीलाई कम गर्न सकिन्छ,’ भट्टराईले चाणक्य पोष्टसँग भने । विगतमा सरकारले गरिबी निवारणलाई केन्द्रित गरेर बजेट निकाले जस्तै अबको समयमा रोजगार केन्द्रित बजेट आउनु पर्ने उनले बताए ।

 

यस्तै, श्रम तथा रोजगार विज्ञ डा.गणेश गुरुङले भारत लगायत खाडी मुलुकहरुमा ४० लाख हाराहारीमा नेपालीले कामदार रहेका हुँदा रोग र भोगलाई केन्द्रित गरेर सरकारले कार्यक्रम बनाउनु पर्ने बताए ।

 

उनले सरकारले विदेशबाट फर्किनेलाई क्वारेन्टाइनमा राख्ने र कोरोना परीक्षण गरेर रोग निवरण गर्न सकिने बताए । भोकका लागि कृषि क्षेत्रलाई धेरै प्राथमिकता दिनु पर्ने उनको भनाइ छ । उनका अनुसार अबको समयमा विशेष गरी कृषि क्षेत्रमा जनशक्तिको प्रयोग गर्नु पर्ने हुन्छ ।

 

यसैगरी, श्रम मन्त्रालयले ५ अर्बको प्रधानमन्त्री रोजगार कार्यक्रमको दायारा बढाएर आगामी आर्थिक वर्षमा साढे ११ अर्बको रोजगार कार्यक्रम ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक परिवारबाट एक जनालाई रोजगारको व्यवस्था मिलाइएको छ । त्यसलाई वृद्धि गर्न सकिने उनको प्रवक्ता घिमिरेले बताए ।

कोरोनाका बीच चीनले सुँगुरको मासु आयातमा रेकर्ड राख्यो, किन किनिरहेछ यति धेरै मासु Read Previous

कोरोनाका बीच चीनले सुँगुरको मासु आयातमा रेकर्ड राख्यो, किन किनिरहेछ यति धेरै मासु

लकडाउनका कारण दुग्ध उद्योगमा ३ अर्ब नोक्सानी, ५ वर्षका लागि सहुलियत ऋण दिन माग Read Next

लकडाउनका कारण दुग्ध उद्योगमा ३ अर्ब नोक्सानी, ५ वर्षका लागि सहुलियत ऋण दिन माग