एशियाकै सबैभन्दा धनी व्यक्तिमा रुपमा समेत रहेका भारतीय डलर अर्बपति मुकेश अम्बानीले मोबाइल कम्पनी जीओ टेलिकमको स्वामित्व धमाधम बेच्न थालेका छन् ।
यसैक्रममा जीओले अर्को अमेरिकी प्राइभेट इक्विटी फण्ड केकेआरलाई कम्पनीको २.३२ प्रतिशत स्वामित्व विक्री गरेको छ । केकेआरले जीओमा ११ हजार ३६७ करोड भारु लगानी गरेको हो ।
अम्बानीले जीओ प्लेटफार्मको स्वामित्व विक्री गरेको यो पाँचौ पटक हो । एक सातअघि मात्र जिओले अमेरिकी कम्पनी जनरल एटलान्टिकलाई १.३४ प्रतिशत स्वामित्व विक्री गरेको थियो ।
यस्तै यसअघि अमेरिकी कम्पनी फेसबुक, सिल्भर लेक र भिस्टा इक्टिी पार्टनरले जीओको स्वामित्व खरिद गरिसकेका छन ।
भिस्टाले मे ८ मा २.३२ प्रतिशत सेयर ११ हजार ३६७ करोड, अमेरिकाको प्राइभेट इक्टि फर्म सिल्भर लेकले १.१५ प्रतिशत ५ हजार ६५५ करोड भारु र फेसवुकले ९.९९ प्रतिशत ५ अर्ब ७० करोड अमेरिकी डलरमा जीओको स्वामित्व खरिद गरेको थियो ।
जीओमा ५ नयाँ कम्पनीहरुले ७८ हजार ५६२ करोड भारु लगानी गरको दी इकोनोमिक्स टाइमले जनाएको छ । भारतमा जीओका ३८ करोड ८० लाख ग्राहकहरु छन ।
माउ कम्पनी रिलायन्स इन्डष्ट्रिज ऋणमा डुब्दै गएपछि अम्बानीले धमाधम विदेशी साझेदार भित्राउन थालेका हुन् ।
-एजेन्सी