बीमालेख धितोमा ऋण लिएकाले ब्याजमा १५ प्रतिशत छुट पाउने

काठमाडौं । बीमा समितिले बीमालेख धितोमा ऋण लिएकाहरुलाई ब्याजमा छुट दिन जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

 

समितिले एक सर्कुलर जारी गर्दै बीमालेख धितोमा ऋण लिएका बीमितहरुलाई ब्याजमा १५ प्रतिशत छुट दिन निर्देशन दिएको हो ।

 

समितिले बीमालेख धितोमा ऋण लिएका बीमितहरुलाई लकडाउन अवधि समाप्त भएको एक महिना भित्रसम्ममा ब्याज बुझाउन आएमा ब्याजको १५ प्रतिशत छुट दिन निर्देशन दिएको हो ।

 

समितिले बीमकका लागि जारी गरको बीमकको सूचना तथा प्रविधि मार्गदर्शन २०७६ को अधिनमा रहि बीमालेख अनलाइन बिक्री गर्ने कार्यविधि तयार गरी समितिमा पेश भएमा औचित्यको आाधारमा स्वीकृत गर्ने जनाएको छ ।

थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो Read Previous

थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो

दक्षिण कोरिया थप नेपाली कामदार लैजान तयार Read Next

दक्षिण कोरिया थप नेपाली कामदार लैजान तयार