थप १७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४४४ पुग्यो

काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण भएको छ । योसँगै संक्रमितको संख्या ४४४ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापा, धनकुटा र सुनसरीका १७ जनामा संक्रमण देखिएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षण उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

 

झापाको कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा १५ जना कोरोना संक्रमित फेला परेका हुन् । उनीहरु १८ वर्षदेखि ४६ वर्ष उमेर समूहका पुरुषहरु हुन् ।

 

यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

लकडाउनमा १०० किमी सडक कालोपत्र, ८ पुल सम्पन्न Read Previous

लकडाउनमा १०० किमी सडक कालोपत्र, ८ पुल सम्पन्न

बीमालेख धितोमा ऋण लिएकाले ब्याजमा १५ प्रतिशत छुट पाउने Read Next

बीमालेख धितोमा ऋण लिएकाले ब्याजमा १५ प्रतिशत छुट पाउने