बेलायती हवाई इन्जिन निर्माता रोल्स-रोयसले ९ हजार कर्मचारी कटौती गर्ने

बेलायतको हवाई जहाजका लागि इन्जिन निर्माता कम्पनी रोल्स-रोयसले कोरोना भाइरसका कारण आर्थिक संकट देखिएको भन्दै आफ्नो कम्पनीमा आबद्ध कम्तीमा ९ हजार कर्मचारीलाई विदाई गर्ने जनाएको छ ।

 

कम्पनीको प्रमुख कार्यकारी वारेन इस्टले वर्तमान संकट आफूहरुका कारण सिर्जना नभएको जनाउँदै यस संकटलाई सबैले मिलेर सामना गर्नुको विकल्प नरहेको बताएका छन् ।

 

उनले जारी गरेको वक्तव्यमा विश्वभर छरिएर रहेका कम्पनीमा कार्यरत २५ प्रतिशत कर्मचारी हटाउनै पर्ने स्थितिमा आफूहरु पुगेको स्पष्ट गरेका छन् ।

 

इन्टले भने, ‘हाम्रा हवाई ग्राहकहरु पनि यस्तै समस्यासँग जुधिरहेका छन् र हामीले पनि त्यही पदचिह्नमा हिँड्नुको विकल्प छैन ।’

 

रोल्स रोयल्समा हाल विश्वभर करिब ५२ हजार कर्मचारी छन् । कर्मचारी कटौतीबाट कम्पनीको वार्षिक बचत १ अर्ब ६० करोड डलरभन्दा बढी हुनेछ ।

 

कम्पनीका कर्मचारीको व्यवस्थापन र अन्य कार्यका लागि करिब ८० करोड पाउन्ड खर्च हुनेछ ।
-रासस/एएफपी

अष्ट्रेलियामा तेस्रो चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स Read Previous

अष्ट्रेलियामा तेस्रो चार्टर्ड उडान गर्दै नेपाल एयरलाइन्स

थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो Read Next

थप २५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो