काठमाडौं । नेपालमा तीन वर्षीय बालकसहित थप २५ जनामा कोरोना संक्रमण भएको छ । योसँगै संक्रमितको संख्या ४२७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका हुन् ।
थपिएका संक्रमितमध्ये १८ पुरूष र ७ महिला छन्। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ।