दुहुना भैसी पाल्ने किसानलाई १ लाख, बाख्रा पाल्नेलाई २५ हजार अनुदान

चितवन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख अनुदान वितरण गरेको छ ।

 

बिहीबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैँसी पाल्ने आठ कृषकलाई जनही एक लाखको चेक हस्तान्तरण गरेकी हुन् ।

 

आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रमअनुसार उक्त रकम वितरण गरिएको अध्यक्ष गुरुङले बताइन् ।

 

किसानलाई व्यावसायिक बनाउन र कृषि पेशातर्फ आकर्षित गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । साथैँ गाउँपालिकाले बिहीबार नै युवा लक्षित व्यावसायिक तरकारी तथा फलफूल खेतीतर्फ आठलाई जनही एक लाखका दरले अनुदान हस्तान्तरण गरेको छ ।

 

गाउँपालिकाले बाख्राखोर सुधारका लागि २० लाई जनही २५ हजार, व्याड बोकाका पालने २० जनालाई जनही ४० हजार र बङ्गुरपालनतर्फ दुई किसानलाई पनि जनही २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

 

गाउँपालिकाले तोकिएको मापदण्डभित्र रहेर किसान वा फार्मलाई कृषि र पशुपालनमा अनुदान दिएको हो । युवा किसानलाई प्रोत्साहित गर्न पशुपालन, मौरीपालन, सुन्तला खेती र युवा किसानका लागि आवेदन माग गरेर सकारात्मक कार्यको थालनी गरेको भन्दै किसान खुशी भएका छन् ।

 

अनुदानका कार्यक्रम सञ्चालन गरेपछि गाउँपालिकाभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित भएका छन् । रासस

यसकारण कृषिजन्य उत्पादन नेपालमा बढ्न सकेन Read Previous

यसकारण कृषिजन्य उत्पादन नेपालमा बढ्न सकेन

नागरिक लगानी कोषको बाह्य कारोबार बन्द, यस्तो छ कारण Read Next

नागरिक लगानी कोषको बाह्य कारोबार बन्द, यस्तो छ कारण