नागरिक लगानी कोषको बाह्य कारोबार बन्द, यस्तो छ कारण

काठमाडौं । नागरिक लगानी कोषको बाह्य कारोबार बन्द भएको छ । सर्भरमा सुधार गर्नु पर्ने भन्दै कोषले एक साताको लागि बाह्य कारोबार बन्द गरेको हो ।

 

शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कोषले ८ गतेसम्म बाह्य कारोबार बन्द हुने जनाएको छ । ९ गतेपछि भने सर्भर परिवर्तनको काम सम्पन्न भई नियमित कारोबार हुने कोषले जानकारी दिएको छ ।

 

कोषले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षक र निजामती कर्मचारीहरुका लागि सञ्चालित बीमा कार्यक्रममा केही सुधार गर्नुपर्ने भएकाले कारोबार बन्द गर्नु परेको जनाएको छ । बीमाबाहेकका अन्य काम भने निरन्तर हुने कोषले जनाएको छ ।

दुहुना भैसी पाल्ने किसानलाई १ लाख, बाख्रा पाल्नेलाई २५ हजार अनुदान Read Previous

दुहुना भैसी पाल्ने किसानलाई १ लाख, बाख्रा पाल्नेलाई २५ हजार अनुदान

तरकारीको मूल्य अचाक्ली महँगो भएपछि ठूला तरकारी बजारमा अनुगमन Read Next

तरकारीको मूल्य अचाक्ली महँगो भएपछि ठूला तरकारी बजारमा अनुगमन