भारतले दियो नेपाललाई ३० हजार थान पीसीआर किट

काठमाडौं । भारतले नेपाल सरकारलाई ३० हजार थान पीसीआर किट प्रदान गरेको छ ।

 

नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई ती किट आज स्वास्थ्य मन्त्रालयमा हस्तान्तरण गरे ।

 

त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत क्वात्राले भारत सरकार र त्यहाँका जनताबाट उपहारस्वरुप उपलब्ध गराइएका किटले थोरै भए पनि नेपालका स्वास्थ्यकर्मीलाई पीसीआर परीक्षण गर्न सघाउने बताए ।

 

कोभिड-१९ ले निम्त्याएको साझा चुनौतीको सामना गर्न यसअघि पनि भारतले २३ टन औषधि प्रदान गरेको थियो ।

 

सार्क सदस्य मुलुकका हैसियतले भारतका प्रधानमन्त्रीले गत चैतमा भिडियो कम्फ्रेन्समार्फत सदस्य राष्ट्रलाई महामारीविरुद्ध सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु Read Previous

नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु

लकडाउन जेठ २० सम्म लम्ब्याउने सरकारको निर्णय Read Next

लकडाउन जेठ २० सम्म लम्ब्याउने सरकारको निर्णय