लकडाउन जेठ २० सम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले लकडाउन १५ दिनका लागि थप गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

 

यसअघि थपिएको लकडाउनको समयवधि सोमबार सकिँदै छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनको समयवधि थपेको यो छैटौं पटक हो ।

 

पछिल्लो समय काठमाडौं उपत्यकासहित देशमा कोरोना सङ्क्रमित बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकाले लकडाउनको अवधि लम्ब्याइएको बताइएको छ ।

 

सरकारले पहिलो पटक चैत ११ देखि १८ गतेसम्म लकडाउन घोषणा गरेको थियो । त्यस्तै, दोस्रो पटकमा त्यसलाई लम्ब्याउँदै चैत २५ गतेसम्म पुर्‍याइएको थियो ।

 

तेस्रो चरणमा बैशाख ३ गतेसम्म घोषण गरेको थियो भने चौथो चरणमा वैशाख १५ गतेसम्म पुर्‍याइएको थियो । त्यस्तै, पाचौं पटक वैशाख २५ गतेदेखि जेठ ५ गतेसम्म लकडाउन लम्ब्याएको थियो ।

 

हालसम्म नेपालमा २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने २ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ३६ जना उपचारपछि निको भइसकेका छन् भने अन्य देशका विभिन्न अस्पतालमा उपचाररत छन् ।

 

पछिल्लो समय देशका भिन्नाभिन्नै ठाउँमा कोरोना देखिने क्रम तीव्र रुपले बढेको छ ।

भारतले दियो नेपाललाई ३० हजार थान पीसीआर किट Read Previous

भारतले दियो नेपाललाई ३० हजार थान पीसीआर किट

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो Read Next

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो