थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

काठमाडौं । नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोनाको संक्रमित संख्या ३०४ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।

 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा उनीहरुमा कारोना संक्रमण पुष्टि भएको हो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

 

नेपालका ३०४ जना संक्रमितमध्ये हाल २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भइसकेका छन् ।

लकडाउन जेठ २० सम्म लम्ब्याउने सरकारको निर्णय Read Previous

लकडाउन जेठ २० सम्म लम्ब्याउने सरकारको निर्णय

विद्युतीय कारोबारप्रति आकर्षण बढ्दो, डिजिटल पेमेन्ट प्रयोगकर्ताको संख्या १ करोड नाघ्यो Read Next

विद्युतीय कारोबारप्रति आकर्षण बढ्दो, डिजिटल पेमेन्ट प्रयोगकर्ताको संख्या १ करोड नाघ्यो