काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहान बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना पोजेटिभ आएको हो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए ।
यसअघि बिहीबार धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो ।