पौने १६ अर्बको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ।

 

बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल विक्री गर्न लागेको हो । केन्द्रीय बैंकले जेठ ५ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल विक्री गर्नेछ ।

 

बैंकले ९१ दिन अवधिको २ अर्ब रुपैयाँ, १८२ दिन अवधिको ११ अर्ब ८५ करोड रुपैयाँ र १ वर्ष अवधिको १ अर्ब ८९ करोड रुपैयाँको सरकारी ऋणपत्र जारी गर्ने भएको हो।

 

लगानीकर्ताले अनलाइनमार्फत बोलकबोल गर्न सक्नेछन्। उक्त सरकारी ऋणपत्रको बोलकबोल जेठ ५ गते ३ बजे खुला गरिनेछ।

 

९१ दिन अवधिको सरकारी ऋणपत्र भदौ २ गते परिपक्व हुनेछ। त्यस ९१ दिन अवधिको सरकारी ऋणपत्र मंसिर २ गते र १ वर्ष अवधिको सरकारी ऋणपत्र २०७८ साल जेठ २ गते परिपक्व हुनेछ।

पर्यटन क्षेत्र बचाउन २० अर्बको राहत प्याकेज ल्याउन पर्यटन बोर्डको सिफारिस Read Previous

पर्यटन क्षेत्र बचाउन २० अर्बको राहत प्याकेज ल्याउन पर्यटन बोर्डको सिफारिस

नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु Read Next

नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु