चीनको ध्यान मेडिकल सामग्री उत्पादनमा केन्द्रित, साढे २ महिनामै साढे २२ खर्बको निर्यात

कोरोना महामारीको उद्गमस्थल चीन अहिले मेडिल सामग्री उत्पादन तथा निर्यातमा आफ्नो ध्यान केन्द्रित गरेको छ।

 

विश्वभर कोरोना महामारी फैलिरहेको र विश्व बजारमा स्वास्थ्य सामग्रीको मागलाई मध्यनजर गर्दै चीनले कोरोना रोकथाम तथा उपचारका लागि आवश्यक पर्ने सामग्रीको उत्पादन र निर्यातमा तीव्रता दिएको छ ।

 

पछिल्लो समय चीनले कोरोनाको रोकथाम तथा उपचारका लागि अत्यावश्यक पीपीई, मास्क,पञ्जा्, स्यानिटाइजर, भेन्टिलेटर लगायत सामग्री उत्पादनमा केन्द्रित भएको छ ।

 

चिनियाँ सरकारी समाचारपत्र पिपुल्स डेली चाइनाले चीनले मार्चदेखि हालसम्म १८.९ अर्ब अमेरिकी डलर (साढे २२ खर्ब रुपैयाँ)को मेडिकल सामग्री निर्यात गरेको बताएको छ।

 

चीनले यो साढे २ महिनामा ५०.९ अर्ब थान मास्क,२१ करोड ६० लाख प्रोटेक्टिभ सुइट्स,१६ करोड २० लाख टेस्टिङ किट्स,७२ हजार ७०० भेन्टिलेटर निर्यात गरेको छ।

-एजेन्सी

जीडीपीको ५% भन्दा बढीको राहत प्याकेज ल्याउन चेम्बरको माग, यस्ता छन् सरकारलाई सुझाव Read Previous

जीडीपीको ५% भन्दा बढीको राहत प्याकेज ल्याउन चेम्बरको माग, यस्ता छन् सरकारलाई सुझाव

एक युवतीमा कोरोना पोजेटिभ देखिएपछि काठमाडौंको कपन सिल गर्ने तयारी Read Next

एक युवतीमा कोरोना पोजेटिभ देखिएपछि काठमाडौंको कपन सिल गर्ने तयारी