एक युवतीमा कोरोना पोजेटिभ देखिएपछि काठमाडौंको कपन सिल गर्ने तयारी

काठमाडौं । कपनको तेन्जिङ चोक नजिक बसोबास गर्ने १८ वर्षीया युवतीको पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

 

सर्लाहीको रामनगर स्थायी घर भई हाल कपन बसोबास गर्दै आएकी उक्त युवतीमा कोभिड-१९ पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि १५० मिटर वरपर सिल गरिएको बूढानीलकण्ड नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।

 

पीसीआर परीक्षणमा पोजेटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ । युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएकोे परिवारले जानकारी दिएको छ । युवतीको परिवारले कपनमा फर्निचर व्यवसाय गर्दै आएको थियो ।

 

युवतीको रिपोर्टमा पोजेटिभ आएपछि थप सतर्कता अपनाउनका लागि वडा सिल गर्ने तयारी रहेको प्रवक्ता भट्टराईले बताए ।

 

भट्टराईका अनुसार, ‘आज ३ बजे बस्ने नगरपालिकाको बैठकले अब कसरी जाने भन्ने निर्णय गर्नेछ । यसका लागि थप सुरक्षा अपनाउन वडा सिल पनि गर्न सकिनेछ ।’

 

उक्त क्षेत्रमा एक टोलबाट अर्को टोलमा हुने आवतजावत रोक्नका लागि प्रहरी र स्वयंसेवक परिचालन गरिएको छ ।रासस

चीनको ध्यान मेडिकल सामग्री उत्पादनमा केन्द्रित, साढे २ महिनामै साढे २२ खर्बको निर्यात Read Previous

चीनको ध्यान मेडिकल सामग्री उत्पादनमा केन्द्रित, साढे २ महिनामै साढे २२ खर्बको निर्यात

पर्यटन क्षेत्र बचाउन २० अर्बको राहत प्याकेज ल्याउन पर्यटन बोर्डको सिफारिस Read Next

पर्यटन क्षेत्र बचाउन २० अर्बको राहत प्याकेज ल्याउन पर्यटन बोर्डको सिफारिस