काठमाडौं । कोरोनाबाट सृजित स्वास्थ समस्यालाई मध्यनजर गर्दै निम्बस समूहले आफ्ना सबै कर्मचारीको कोरोना बीमा गराएको छ ।
कोरोनाबा हुने सम्भावित जोखिम तथा त्यसबाट हुने सक्ने आर्थिक क्षतिलाई न्यूनीकरण गर्न शिखर इन्स्योरेन्सको सहकार्यमा निम्बसले आफ्ना देशभर सञ्चालनमा रहेका सम्पूर्ण उद्योगका साथै कार्यालयमा कार्यरत्त ५३६ जना कामदार तथा कर्मचारीको कोरोना बीमा गरेको हो ।
निम्बसका प्रबन्ध निर्देशक आनन्द अग्रवाल बगडिया भन्छन्, ‘हामीले सवै कर्मचारीलाई फेसमास्क, पन्जा, हैण्ड सेनिटाइजर आदि उपलब्ध गराउनुका साथै सबै किसिमका जोखिम न्यूनीकरण गर्नाका लागि सम्पूर्ण कर्मचारीलाई कार्यस्थलभित्र आवश्यक सामाजिक दूरी कायम गर्न सिकाएका छौं ।’