कोरोना असर : विश्व अर्थतन्त्रमा ८८ खर्ब डलर नोक्सानी हुने, चीनलाई मात्रै १६ खर्ब डलर घाटा

एशियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरस महामारीको कारण विश्व अर्थतन्त्रमा ५८ देखि ८८ खर्ब डलरसम्मको नोक्सानी हुन सक्ने प्रक्षेपण गरेको छ ।

 

यो विश्व कुल गार्हस्थ उत्पादनको ६.४ देखि ९.७ प्रतिशत हो। एडीबीले गरेको नोक्सानीको यो प्रक्षेपण गत महिना गरिएको प्रक्षेपणभन्दा दोब्बरभन्दा बढी हो ।

 

अहिले विश्वभर कोरोना भाइरसको महामारीको कारण आर्थिक गतिविधिहरु सुस्ताइरहेको अवस्थामा यस्तो प्रक्षेपण सार्वजनिक भएको हो ।

 

एडीबीको अद्यावधिक एसिसमेन्ट अनुसार एसिया क्षेत्रमा १७ देखि २५ खर्ब डलरसम्मको नोक्सानी हुन सक्ने छ। एडीबीको प्रक्षेपण अनुसार कोरोनाका कारण चीनले मात्रै ११ देखि १६ खर्बसम्म गुमाउन सक्ने बताइएको छ ।

कोरोनाका कारण विश्वका १ अर्ब ५८ करोडदेखि २ अर्ब ४२ करोड मानिसको रोजगारी गुम्ने अनुमान गरिएको छ ।

 

एडीबीका अनुसार अहिले गरिएको प्रक्षेपण व्यावसायिक क्षेत्रमा देखिएको असर ६ महिनासम्म कायम रहने अनुमानमा आधारित हो । तर, प्रक्षेपण अनुसारको सबैभन्दा कम क्षति भने तीन महिनासम्मको व्यवसायहरु प्रभावित हुने अनुमान अनुसार गरिएको हो ।

 

अहिले विश्वभर आर्थिक संकट सिर्जना हुने आशंकामा विश्वभरका केन्द्रीय बैंकहरुले आक्रामकरुपमा ब्याजदर कटौती गरिरहेका छन् । साथै अत्यधिक राहतको प्याकेज ल्याउने क्रम पनि जारी छ ।

-एजेन्सी

विनोद चौधरीको संयोजकत्वमा पूर्वाधार लगानी र रोजगार केन्द्रित विशेष समिति गठन Read Previous

विनोद चौधरीको संयोजकत्वमा पूर्वाधार लगानी र रोजगार केन्द्रित विशेष समिति गठन

आगामी ३ वर्ष भित्र सबैको स्वास्थ्य बीमा Read Next

आगामी ३ वर्ष भित्र सबैको स्वास्थ्य बीमा