विद्यार्थीलाई एनसेलको अफर, १५० रुपैयाँमा १६ जीबी डाटा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सहकार्यमा एनसेलले अनलाइन कक्षा लिने विद्यार्थी लक्षित डेटा प्याक ल्याएको छ।

 

लकडाउनले गर्दा घरमा बसिरहेका र उनीहरुको अनलाइन शिक्षाका लागि इन्टरनेट सेवाको आवश्यकतालाई ध्यानमा राखी एनसेलले १६ जीबी डेटा भोल्यूम रहेको यो प्याक वैशाख ३१बाट संञ्चालनमा ल्याएको जानकारी दिएको छ।

 

यसमा विद्यार्थीले १५० (कर सहित १९१.५४) रुपैयाँ मा यो प्याक सुचारु गर्न सक्छन्। प्याक सात दिनमात्र कायम हुने छ। मोबाइल क्लास प्याक अन्तर्गत विद्यार्थीहरुले ४ जिबी अल टाइम डेटा (थ्रिजी, फोरजी) र २ जीबी भिडियो डेटा पनि पाउने छन्।

 

विद्यार्थीले यो ४ जीबीको अल टाइम डेटा प्याक कुनै पनि नेटवर्कमा प्रयोग गर्न सक्नेछन् भने २ जीबी भिडियो प्याक अन्तर्गत विद्यार्थीले युट्युब, आइफिल्क्स र अन्य गुगल सर्भिसहरु प्रयोग गर्न सक्नेछन्।

 

यसमा माइक्रोसफ्ट टिम्स् प्रयोग गर्नका लागि १० जीबी डेटा रहेको छ। विद्यार्थीहरुले माइक्रोसफ्ट टिम्स् मार्फत शिक्षकसँग अनलाइन शिक्षा लिन वा आफ्ना साथीहरुसँग समुहमा बसी अध्ययन गर्न सक्छन्।

 

विद्यार्थीहरुले *17123*20# डायल गरी वा अंग्रेजीको सानो अक्षरमा edu टाइप गरी १७१२३ मा एसएमएस पठाई यो प्याक सुचारु गर्न सक्छन्। साथै एनसेल एपबाट पनि यो प्याक लिन सकिने कम्पनीले जानकारी दिएको छ।

अन्य उद्योग बन्दा रहँदा पनि हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा, ३ लाख बोरा सिमेन्ट मौज्दात Read Previous

अन्य उद्योग बन्दा रहँदा पनि हेटौंडा सिमेन्ट उद्योग सञ्चालनमा, ३ लाख बोरा सिमेन्ट मौज्दात

कोरोनाले वाणिज्य बैंकको नाफामा ब्रेक, १ दर्जन बैंकको नाफा घट्यो (तथ्यांकसहित) Read Next

कोरोनाले वाणिज्य बैंकको नाफामा ब्रेक, १ दर्जन बैंकको नाफा घट्यो (तथ्यांकसहित)