१ लाख स्वास्थ्यकर्मीलाई कतार एयरवेजले निःशुल्क टिकट दिने

कतार एयरवेजले १ लाख स्वास्थ्यकर्मीलाई नि:शुल्क टिकट दिने भएको छ । कतारले विश्वभर कोरोनाविरुद्धको लडाईमा अग्रपंक्तिमा खटिएर काम स्वास्थ्यकर्मीलाई सम्मान स्वरुप निःशुल्क टिकट दिने घोषणा गरेको हो।

 

कोरोना शुरु भएयता ४००भन्दा बढी चार्टर्ड उडान गरेको कतारले विश्वभर आफ्ना नियमित उडान भएका देशमा रहेका स्वास्थ्यकर्मीलाई निःशुल्क लैजाने र ल्यादिने घोषणा गरेको हो ।

 

यस्तो निःशुल्क टिकट पाउनका लागि स्वास्थ्यकर्मीले १२ मे देखि १८ मेसम्म कतार एयरवेजको आधिकारिक वेबसाइटमा गएर रजिष्टर गर्नुपर्ने छ । संसारको जुनसुकै देशमा कार्यरत भए पनि उनीहरु दर्ताका लागि योग्य हुने कतारले जनाएको छ ।

 

यसमा दर्ता गर्ने पहिलो १ लाखले निःशुल्क आवत जावत गर्ने टिकेट पाउनेछन्। उनीहरुले त्यस्तो टिकटबाट १० डिसेम्बर २०२० भित्र यात्रा गरिसक्नुपर्ने छ।

 

यसका साथै स्वास्थ्यकर्मीहरुले कतार ड्युटी फ्री रिटेल आउटलेटमा ३५ प्रतिशत छुट पनि पाउने छन्। यो अफर ३१ डिसेम्बरसम्म लागू हुने एयरलाइन्सले जानकारी दिएको छ।

डेरावाल घरमा आए खबर गर्न घरबेटीलाई आग्रह Read Previous

डेरावाल घरमा आए खबर गर्न घरबेटीलाई आग्रह

कोरोनाको निहुँमा चीन-अस्ट्रेलिया व्यापार युद्ध चर्किँदै, बीफ निर्यातमा अस्ट्रेलियालाई ठूलो धक्का Read Next

कोरोनाको निहुँमा चीन-अस्ट्रेलिया व्यापार युद्ध चर्किँदै, बीफ निर्यातमा अस्ट्रेलियालाई ठूलो धक्का