अर्थतन्त्र उकास्न मोदीले गरे २० लाख करोडको आर्थिक प्याकेज घोषणा

काठमाडौं । भारतले थङथिलो भएको अर्थतन्त्र उकास्न २० लाख करोड रुपैयाँको आर्थिक प्योकज घोषणा गरेको छ ।

 

प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै २० लाख करोड रुपैयाँको आर्थिक प्याकेज ल्याउने घोषणा गरेका हुन् ।

 

यो प्याकेज भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) को १० प्रतिशत भएको उनले बताएका छन् ।

 

प्रधानमन्त्री मोदीले आत्मनिर्भर भारतको संकल्प पूरा गर्न आर्थिक प्याकेज ल्याइएको बताए । यो प्याकेज ल्याण्ड, लेबर, लिक्वीडिटी जस्ता समस्या सम्बोधन गर्न ल्याइएको उनले बताए ।

 

आर्थिक प्याकेज भारतको श्रमिक र किसान, मध्यमवर्ग र उद्योगहरुका लागि ल्याइएको मोदीले सम्बोधनका क्रममा बताए ।

खुलेको ३९ मिनेटमै नेगेटिभ सर्किट लागेर सेयर बजार बन्द, १० कित्ता बेच्दै भाउ घटाउँदै Read Previous

खुलेको ३९ मिनेटमै नेगेटिभ सर्किट लागेर सेयर बजार बन्द, १० कित्ता बेच्दै भाउ घटाउँदै

कर्मचारीमा कोरोना देखिएपछि पुल्चोकस्थित आरोग्य प्रतिष्ठान र निदान अस्पताल सिल Read Next

कर्मचारीमा कोरोना देखिएपछि पुल्चोकस्थित आरोग्य प्रतिष्ठान र निदान अस्पताल सिल