खुलेको ३९ मिनेटमै नेगेटिभ सर्किट लागेर सेयर बजार बन्द, १० कित्ता बेच्दै भाउ घटाउँदै

काठमाडौं । मंगलबार ५० औं दिनमा खुलेको सेयर बजार डेढ घण्टा कारोबार नहुँदै सूचक २ प्रतिशतभन्दा बढी घटेर बन्द भएकोमा बुधबार कारोबार शुरु भएको ३९ मिनेटमै बन्द भएकोे ।

 

डेढ महीनापछि खुलेको बजार लगातार २ दिन नेगेटिभ सर्किट लागेर भन्द भएको हो । मंगलबार १० करोडभन्दा बढीकारोबार भएर बजारबन्द भएपनि बुधबार भने ३६ लाख मात्र कारोबार भएर बजार बन्द भएको छ ।

 

मंगलबार केही ठूला लगानीकर्ताले कारोबार गरे पनि बुधबार कारोबार भएका अधिकांश कम्पनीको सेयर १०/१० कित्ताका दरले कारोबार भएका छन् । बजारमा ठूला लगानीकर्ताले कारोबार नै गरेको देखिँदैन् ।

 

एकैपटकमा कुनैपनि कम्पनीको ठूलो भोल्यूममा किनबेच भएको छैन । एउटै कम्पनीको पटक पटक १०/१० कित्ता कारोबार गर्दै भाउ घटाएको देखिन्छ ।

 

आज एकपटका सबैभन्दा संख्यामा नेपाल बैंकको ४३० कित्ता सेयर कारोबार भएको छ । आज कुल २११ कारोबार भएकोमा १५० भन्दा बढी १०/१० कित्ताको कारोबार भएको छ ।

 

कोरोना त्रासका बीच ठूलो कारोबार भएर बजार घट्नुलाई स्वभाविक मान्न सकिए पनि १०/१० कित्ता र जम्मा ३६ लाखको कारोबार भई नेगेटिभ सर्किट लागेर बजार बन्द हुनाले बजारलाई झन तरंगित बनाएको छ ।

 

यसले कतै हातमापैसा बोकेर बसेका लगानीकर्ताले बजार घटाउने चलखेल त गरेका छैनन् भन्ने प्रश्न उब्जाएको छ ।

खेतमै सुके किसानका उखु, अहिलेसम्म १५ प्रतिशतमात्र बिक्यो Read Previous

खेतमै सुके किसानका उखु, अहिलेसम्म १५ प्रतिशतमात्र बिक्यो

अर्थतन्त्र उकास्न मोदीले गरे २० लाख करोडको आर्थिक प्याकेज घोषणा Read Next

अर्थतन्त्र उकास्न मोदीले गरे २० लाख करोडको आर्थिक प्याकेज घोषणा